६ आश्विन २०८१ आइतबार
image/svg+xml

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।

ललितपुरको सडकमा रबरका डिभाइडर

ललितपुर महानगरपालिकाले ललितपुरका सडकहरुमा सिमेन्टको डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ।

युवाहरुको सक्रियतामा पाटनको कृष्ण मन्दिर सरसफाई

युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा नेपाल प्रहरीले पनि सरसफाई गरी सहयोग गरेका थिए।

ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

पोखरामा महानगर प्रमुख सम्मेलन: महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु पहिलो आवश्यकता

पोखरा, भरतपुर, काठमाडौँ, ललितपुर, वीरगन्ज र विराटनगर महानगर प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ।

एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन

चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ।

ललितपुरमा क्विक रेस्पोन्सका लागि विद्युतीय स्कुटर

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे। उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे।

निर्वाचनको मिति साउन पहिलो हप्ता घोषणा हुन्छः गगन थापा

थापाले आगामी साउनको ४ र ५ गते बस्ने मन्त्रिपरिषदले संघ र प्रदेशको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए।

स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।

भक्तपुरमा ओपन हाउस हुने

भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड स्कुलमा हुने छ।

शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ।

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।

नेपालमै क्यान्सर रोग अन्तर्राष्ट्रिय मापदण्डको उपचार

क्यान्सर विज्ञ डाक्टर सुदीप श्रेष्ठले नेपालमै क्यान्सर रोगको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरेका छन्।

भैंसेपाटीमा मन्त्रीनिवास निर्माण कछुवा गतिमा

ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई गएको वैशाखसम्म भैंसेपाटीमा सार्ने सरकारको योजना थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्