३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमै क्यान्सर रोग अन्तर्राष्ट्रिय मापदण्डको उपचार

क्यान्सर विज्ञ डाक्टर सुदीप श्रेष्ठले नेपालमै क्यान्सर रोगको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरेका छन्।

नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँंचौ वार्षिकोत्सव उदघाटन कार्यक्रममा उनले त्यसकारण विदेशमा पुगेर महँंगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए। नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका उनले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरु सफल भएको दाबी गरे।

नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरुले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए। क्यान्सर उपचारमा सदैव साथ विरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरु विरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाइ थियो।

वार्षिकोत्सवको उदघाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरेका थिए। त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो। साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७९ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App