१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

चितवन शक्तिले ट्यालेन्ट हन्ट गर्ने

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज चितवन शक्तिले ट्यालेन्ट हन्ट गर्ने भएको छ।

टोलीले चितवनको पटहिनी कर्भडहलमा आगामी असोज सात गते ट्यालेन्ट हन्ट गर्न लागेको हो। उक्त कार्यक्रम बिहान १० देखि ५ बजेसम्म हुने जनाइएको छ।

छनोटका लागि टोलीका मुख्य प्रशिक्षक अर्जुन घिमिरे र मार्की प्लेयर तथा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले ट्यालेन्ट हन्टमा भूमिका खेल्नेछन्। छनोटमा सहभागी हुन चितवनकै स्थानीय बासिन्दा हुनुपर्नेछ।

छनोटको प्रावधानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको पनि हुनुपर्ने उल्लेख छ। छनोट हुने खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा असोज १४ देखि १९ गतेसम्म हुने पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग खेल्ने अवसर पाउनेछ।

प्रकाशित: ३ आश्विन २०८१ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App