७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ। ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा उपमेयर लक्ष्मी महर्जनले भवनको शिलान्यास गरेकी हुन्।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ राधिका चोकमा रहेको संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आनाको क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो। भवन भने तीन आनामा साढे दुई तल्लाको हुने जनाइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशबाट अनुदान प्राप्त ३३ लाख ६३ हजार ९५ रुपैयाँं ७९ पैसा र संस्थाको तीन लाख ७३ हजार ६ सय ७७ रुपैयाँं ३१ पैसाको बजेटबाट भवन निर्माण थालिएको हो।

भवनको निर्माण दसै अघि नै सम्पन्न गर्ने योजना राखिएको छ। भवन बहुउद्देश्यीय रहने जनाइएको छ। भवन शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकाश गर्ने योजना राखिएको जनाइएको छ।

भवनका कोठाहरु भवन शान्ति शिक्षा अभियान नेपालका कार्यालयका साथै भौतिक तथा इलाइव्रेरी, टिचिग रुम, शान्ति शिक्षा अभियान नेपालका पाहुनाका लागि राख्न होम स्टे आदिलगायतका लागि प्रयोग हुने जनाइएको छ।

शिलान्यसा कार्यक्रममा उपमेयर महर्जन, संस्थाका अध्यक्ष रवीन्द्र महर्जन, सचिव एवं शिक्षामार्फत् बालविवाहका अभियन्ता कल्पना महर्जन, भवन रहेको महालक्ष्मी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अमृत कार्कीलगायतका वडा अध्यक्षहरुको उपस्थितिमा भएको थियो।

प्रकाशित: ६ असार २०७९ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App