७ आश्विन २०८१ सोमबार
image/svg+xml

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

पूर्वचिहानबाट चियाउँदा

कागेश्वरी क्षेत्र वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड, जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्षम छ।

भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिऔँ: डा. रेग्मी

कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।

‘कागेश्वरी काठमाडौंकै पर्यटकीय क्षेत्र हुनसक्छ’

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको कागेश्वरी क्षेत्र काठमाडौंकै सबैभन्दा प्रिय पर्यटकीय क्षेत्र बन्नसक्ने सम्भावना एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।

भिगन भोजनकै भरमा सगरमाथा चढें: जोसेयर

पछिल्लो समय विश्वभरि मान्छले पशुपन्छीको प्रचुर मात्रामा शोषण गरेको र यसको असर प्रकृतिको सन्तुलनमा, मानव स्वास्थ्यमा पर्दै गएकाले भिगन अभियानमार्फत सन्तुलन कायम राख्ने प्रयास भइरहेको जोसेयरले बताए।

भक्तपुरमा नयाँ पर्यटक सूचना तथा सेवा केन्द्र स्थापना

हाल नगरपालिकाका सूचना केन्द्र खौमामा छ। साथसाथै अहिले दतात्रयमा पनि केन्द्र सञ्चालनमा ल्याइसकेको छ तर उद्घाटन हुन भने बाँकी छ। यस हिसावले सञ्चालनमा ल्याइएको नयाँं सूचना केन्द्र सञ्चालनको हिसावले तेस्रो हो भने उदघाटनका हिसावले दोस्रो हो।

सरकारलाई राजस्व र व्यवसायीलाई राहत:आन्तरिक पर्यटकको चहलपहल

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।

पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अन्नपूर्ण र मनास्लुक्षेत्र आयोजनासँग आग्रह गरेका छन्।

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।

पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरे

मकर संक्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो।

पर्यटकको आगमनमा सुधार

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल भित्रिनेको संख्या सन् २०२१ को पहिलो महिनाको तुलनामा ९१ प्रतिशतले बढेको छ।

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्