coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिऔँ: डा. रेग्मी

नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर

कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै विस्तारै उक्सिन थालेको छ।

सोमबार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताए। छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उनले बताए।

सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उनले जानकारी दिए। बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उनले उल्लेख गरे। प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताए।

एसियन देशहरुमा कतिपय देशहरु नखुलिसकेको र एयरलाइन्स पनि नखुलिरहेको अवस्थामा ति देशहरुबाट अझ पर्यटन आउन बाँकी रहेको उनले बताए। चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केशमा माइनस ९३ प्रतिशत रहेको उनको भनाइ छ। अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उनले जानकारी दिए।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले समग्रमा पर्यटन क्षेत्र ४५ प्रतिशतले रिकभर भएको बताए। अहिलेकै अवस्थामा अगाडी बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उनले बताए। विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उनले जोड दिए।

विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएको उनले बताए। धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको उनले जानकारी दिए। दैनिक एक सय जना भन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताए। पोखरा, धरान, नेपालगञ्ज लगायतका ठूला शहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेस पाइरहेको उनले बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले नेपालको पर्यटन बजार विस्तारका लागि भारतीय पर्यटहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए। भारतीय पर्यटकहरुलाई नेपाल प्रवेश र पैसा सटहीमा सहजता ल्याउनुपर्ने उनले बताए।

भारतीय पर्यटकलाई नेपालमा सहजता ल्याउनका लागि नेपाल सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्ने उनले बताए। भारतीय पर्यटकहरुलाई पर्यटकको व्यवहार गर्न र अनावश्यक दुःख नदिन पनि उनले सरोकारवाला सबैसँग अनुरोध गरे।

प्रकाशित: २१ चैत्र २०७८ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App