७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होलीमा रमाए पर्यटक

विगत दुई वर्षसम्म होली मनाउन नपाएका राजधानीवासीले बिहीबार धित मरुन्जेल होली खेलेर मनाएका छन्। कोरोना महामारीका कारण विगत दुई वर्षदेखि उत्साहपूर्वक रूपमा कुनै पनि पर्व मनाउन नपाएका राजधानीवासीले महामारीलाई बिर्सेर होली पर्व मनाएका हुन्।

विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुरमा बिहीबार खचाखच भरिएको थियो। सो भिडमा विदेशी पाहुनाले समेत होली मनाएका छन्। होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकासँगै विदेशी पाहुनाको पनि उत्साहजनक सहभागिता रहेको पाइएको छ।

महामारीका कारण पछिल्लो समय अनुहारसमेत देख्न मुस्किल विदेशी पाहुनाले होलीमा सहभागिता जनाएर रङ भरिदिएका छन्। उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी होली पर्व मनाएका छन्। वसन्तपुरमा मात्रै होइन, सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाइएको छ।

पछिल्लो समय नेपाल भित्रिने पर्यटकको संख्या केही वर्षअघिको तुलनामा कम छ। तर भारत, चीन, इटली, स्पेन, अमेरिका, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्डलगायत देशमा समेत यस्तै पर्वहरू मनाइने भएकाले उक्त देशबाट आएका पाहुनाले समेत होलीमा सहभागिता जनाएका छन्। कतिपय पर्यटक ट्याक्सी बुक गरेरै बसन्तपुर पुगेका देखिन्थे।

प्रकाशित: ४ चैत्र २०७८ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App