७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

बाजुरा वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।

मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीनवटा मुलुकको आगमनले पर्यटनमा ब्यापक सुधार देखिएको पर्यटन बोर्डको भनाई छ।

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

होटलको छतबाट लडेर पर्यटकको मृत्यु

मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाली नयाँ वर्षः पर्यटकीय गन्तव्य भरिभराउ

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी नेपाली नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्यमा पाहुनाको घुइँचो लागेको छ।

विदेशी पर्यटक आगमनले लय लिँदै

कोरोना भाइरस संक्रमणले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले बल्ल तेश्रो मुलुकका पाहुना स्वागत गर्न थालेको छ। अहिले पर्यटकीय सहर पोखरामा तेश्रो मुलुकका विदेशी पर्यटक देखिन थालेका छन्। पोखरामा मात्र नभई आसपासका पदमार्गमा पनि तेश्रो मुलुकका विदेशी पुग्न थालेका छन्। यतिबेलाको पोखराका होटलको बुकिङ पनि सन्तोषजनक हुँदै गएको व्यवसायी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्