८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रवर्द्धन गर्न दरबारमार्ग महोत्सव

पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखी दरवारमार्ग महोत्सव आयोजना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन्। महोत्सव एनसेलको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक र बाह्य पर्यटन  प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको बताए। व्यवसायलाई पुनरुत्थान गर्न महोत्सवले टेवा पुग्ने बताए।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र विदेशी पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्छ’, गोल्छाले भने–‘महोत्सवमा साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गरिएको छ।’ नेपालमा ३० लाख पर्यटक ल्याउने तयारी गरिरहेको गोल्छाको दाबी छ। अर्थतन्त्रका सूचकमा देखिएको समस्याप्रति उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले अर्थतन्त्र चलायनमा बनाउन टेवा पुग्ने बताइन्। कोरोनाको संक्रमण सकिएको र पर्यटीय क्षेत्र खुला भएको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। साथै महोत्सवले आन्तरिक पर्यटनको प्रवर्द्धन गरी देशको पर्यटन विकासमा समेत टेवा पुग्ने बताइन्।

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरेको महोत्सवमा गीत संगीत, नेपाली खानाका विभिन्न परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू रहेका छन्। महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा राखिएको छ। महोत्सव स्थलमा ६० वटा स्टल रहेका छन्।

प्रकाशित: ४ वैशाख २०७९ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App