२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फुटपाथ व्यवसायीले वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा.महतद्वारा लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकारोक्ति

डा. महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए। उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको स्वीकार गरे।

बिहीबार राजधानी वर्षकै सबैभन्दा चिसो

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेन्टिग्रेडमा झरेको थियो। यो तापक्रम यो वर्षको सबैभन्दा कम हो।

पातमा बालेनकाे तस्वीर

जुम्लाको चन्दननाथ नगरपालिका–२ का २४ वर्षीय विराज भण्डारीको पातमा आकृति कोर्ने कला छ। उनले पातमा मान्छे तथा विभिन्न वस्तुको आकृति बनाएर आम्दानीसमेत गर्न थालेका छन्।

काठमाडौँ महानगरको ‘महानगर रिसर्च फेलोसिप २०८०’ का लागि आवेदन खुला

महानगरले तथ्यमा आधारित विकास र समान निर्माणका लागि अनुसन्धान शोध वृत्तिको आवेदन खुलाएको हो।

न्युरोड व्यवसायी आज पनि आन्दोलनमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

विधिविरुद्ध बालेन

मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

चिकित्सा शिक्षा अध्ययनका लागि अझै सङ्घर्षरत छन् दलित विद्यार्थी

‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ’, ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ।’

जीबी राई काठमाडौं छन कि मलेसियामा ?

सहकारी घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चितवन र कास्कीको फाइल तानेर अनुसन्धान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्