२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आज बिहान तपाईंको हात कतिको ठिहिर्‍यायो ?

आज बिहान तपाईंको हात कतिको ठिहिर्‍यायो? तापक्रम ३ दशलव ४ डिग्री भएपछि हात ठिहिर्‍याउनु स्वभाविक नै हो। हिजोआज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हात ठिहिर्‍याउने चिसो महसुस हुँदैछ। बिहानको ९ बजेसम्म हात ठिहिर्‍याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ।

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दो छ। विशेष गरी काठमाडौँ उपत्यकाको तापक्रम पछिल्लो समय ३ देखि ४ डिग्रीमा झरेको छ। आइतवारदेखि काठमाडौँ उपत्यकाको तापक्रम सबैभन्दा कम ३ दशलव २ डिग्रीदेखि ३.४ डिग्रीको बीचमा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसम विद गोविन्द झाका अनुसार सोमवार काठमाडौँको तापक्रम यो वर्षकै हालसम्मको कम ३ दशलव २ डिग्री मापन गरिएको थियो भने आज बिहान ८ः४५ मा काठमाडौँको तापक्रम ३ दशलव ४ डिग्री मापन गरिएको छ।

उनले विशेषगरी अङ्ग्रेजी महिनाको डिसेम्बर र जनवरीमा देशभरको तापक्रम घट्ने क्रम बढी हुने गरेको भन्दै जनवरी महिनाको अन्तिमतिर भएकाले पनि तापक्रम घटेको बताए।

प्रकाशित: ९ माघ २०८० ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App