२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौँ महानगरको ‘महानगर रिसर्च फेलोसिप २०८०’ का लागि आवेदन खुला

काठमाडौँ महानगरपालिकाले अनुसन्धान शोध वृत्तिका लागि आवेदन खुलाएको छ। महानगरले तथ्यमा आधारित विकास र समान निर्माणका लागि अनुसन्धान शोध वृत्तिको आवेदन खुलाएको हो।

महानगरले अनुसन्धानकर्तालाई उत्पादकमूलक अनुसन्धानको अवसर प्रदान गर्नका लागि ‘महानगर रिसर्च फेलोसिप २०८०’ का लागि आवेदन खुलाएको महानगरका मेयर बालेन शाहले बताएका छन्।

उनले एक्काइसौँ शताब्दीको विकास पद्धति र सामाजिक व्यवस्था ज्ञानमा आधारित हुनुपर्ने भन्दै यसप्रकारको ज्ञान शोधमूलक कार्य (अनुसन्धान) बाट प्राप्त हुने बताए।

विकास निर्माण र विकास व्यवस्थापन तथ्यमा आधारित बनाउन हाम्रो प्रयास जारी रहेको उनको भनाइ छ। ज्ञानको खोजी र अनुसन्धानको महत्व अझै बढोस् भनेर महानगरले हरेक वर्ष ‘महानगर रिसर्च फेलोसिप’ कार्यक्रमबाट अनुसन्धानकर्तालाई शोधवृत्तिको अवसर प्रदान गर्ने गरेको उनले बताए।

यसवर्ष अनुसन्धानका लागि छानिएका विषयवस्तुः

१) इतिहास, कला, संस्कृति, परम्परा  

२) भाषा, साहित्य

३) सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार  

४) जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन  

५) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर  

६) स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास  

७) सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास

८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन  

९) कानून, शासन  

१०) सूचना तथा सञ्चार, नविन सोच  

महानगरले यी कार्यक्रममा अनुसन्धान गर्न चाहने वा शोधवृत्ति लिएर महानगरको विकासका लागि अध्ययन गर्न चाहनेलाई आवेदन दिन आग्रह समेत गरेको छ।

जानकारी लिनका लागि लिंङ्क :

https://shorturl.at/nJPX4

आवेदन दिनको लागि लिङ्क :

https://shorturl.at/izB57

यसअघि ‘काठमाडौं महानगरपालिकामा सहरी सडक सुरक्षाको विश्लेषण’, ‘काठमाडौं महानगरपालिकामा भर्टिकल फार्मिङको सम्भावना’, ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’, ‘काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा स्टीम पेडागोजी लागू गर्ने विश्वास र शिक्षकहरूको तत्परता’, ‘काठमाडौँ महानगरपालिकामा आगलागी सम्भावित क्षेत्र म्यापिङ’, ‘काठमाडौँ महानगरपालिकाका अटिजम भएका बालबालिकाका लागि सूचना प्रविधि (आइसीटी) मा आधारित सिकाइ’, ‘काठमाडौं महानगरपालिकामा अनियमित रूपमा तयार गरिएको कंक्रिटमा मिक्स डिजाइन कंक्रिटको आर्थिक र संरचनात्मक प्रभाव अध्ययन’, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र चराहरूको लागि वासस्थान र कार्वन लागि स्पन्जको रूपमा सहरी प्याचहरूको अनुसन्धान’, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नेपाल भाषाको शिक्षण र सिकाइ अभ्यासको अध्ययन’ का विषयमा शोध भइसकेको छ। 

प्रकाशित: ११ माघ २०८० ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App