४ वैशाख २०८२ बिहीबार
image/svg+xml ३:२७ पूर्वाह्न
राजनीति

सत्य निरूपण र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग दुई महिनाभित्रै बन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग दुई महिनाभित्रै बन्ने बताएका छन्।

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत शुक्रबार (आज) मधुवन नगरपालिकाद्वारा कुसुम्बा बजारमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'मेरै नेतृत्वको सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनका लागि विधेयक पारित गर्नु थियो प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट, मैले आफैँले कार्यदल बनाई राजनीतिक सहमति बनाएर दुबै सदनबाट त्यो पारित भएको छ र अब सत्य निरूपणसँग सम्बन्धित आयोग र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग छिट्टै बन्दैछन्,' उनले भने, 'सिफारिस समिति पनि सहमतिले बनिसकेको छ। दुई महिनाभित्र आयोग बनेपछि शहीद, बेपत्ता, घाइते, अपाङ्ग तथा जेलनेल बसेका सबै साथीहरूलाई पनि केही न केही राहत हुनेछ।'

प्रकाशित: २२ चैत्र २०८१ १५:३९ शुक्रबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App