१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।

कार्यालयले शुक्रवार बिहान सार्वजनिक गरेको हो। प्रहरीले पूर्व प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो। उनी उपर १६ वर्ष अघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिलाई भगाएको आरोप लगाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पूर्व जवान यादवले कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएका थिए।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीकाअनुसार अशरफलाई जेलबाट भगाउन यादवले त्यतिबेला १ करोड रुपैयाँ मागेका थिए। पछि दश लाख रुपैयाँमा दुई जनाबीच कुरा मिलेको थियो। त्यही रकममा यादवले अशरफलाई भगाएका थिए।

त्यसपछि फरार भएका यादवलाई अहिले मात्र पक्राउ गरिएको हो। भाग्ने अशरफ र भगाउने यादव दुवै जना भारत पुगेको प्रहरीले जनाएको छ। पूर्व प्रहरी यादवलाई बिहीबार प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १२ माघ २०८० ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App