२९ वैशाख २०८१ शनिबार
image/svg+xml

दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

दश बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।

महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा! नाै जना पक्राउ

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा मिसाएर विक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई कारखानाका संचालकसहित ९ जना रहेका छन्।

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

बंगलादेशी नागरिक काठमाडौंमा बन्धक

नेपालको बाटोबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बंगलादेशबाट काठमाडौं बोलाई बन्धक बनाएर फिरौती रकम असुल्ने सात जनाको गिरोह प्रहरीको फन्दामा परेको छ।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्