प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले सामाजिक सञ्जाल टिकटकमा 'झापामा बालेन साह माथि गोली प्रहार' भनेर भ्रामक सूचना सम्प्रेषण गर्ने एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षका प्रकाश भट्ट रहेका जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
उनलाई काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरी पाँच दिनको म्याद थप भइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १७:४७ आइतबार


-600x400.jpg)

-600x400.jpg)
