१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रहरीद्वारा चोखो अनुसन्धान हुनेमा आशंका

जुन व्यक्तिको विरुद्धको मुद्दा छ र जुन खेलका लागि यो काम भएको हो त्यो हेर्दा सोचेजसरी मुुद्दा अघि बढ्ने सम्भावना देखिँदैन।

सीमा क्षेत्रमा ५०-५० मिटरको दुरीमा सशस्त्र प्रहरी

भारतमा दिन दिनै कोरोना भाइरसको संक्रमित ठुलो संख्यामा भेटिन थाले पछि भारतसँग सीमाना जोडिएको बाराका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ब्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउदै ५०-५० मिटर दुरीसम्ममा पनि सशस्त्र प्रहरी परिचालन गरेको बताएको छ।

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (फोटो फिचर)

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली भएको छ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक थुनुवा कक्ष खाली भएको हो।

सीमा क्षेत्रमा खटिएका प्रहरीलाई पिउने पानी

कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि टीकापुरस्थित सत्कार पोलिक्लिनिकका सञ्चालक डा. हेमन्त स्वाँरले पिउने पानीको व्यवस्था गरेका छन्।

सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरणसम्वन्धी मुद्दा लिन इन्कार गरेको छ। पीडित सांसद डा. सुरेन्द्र यादव सहित जनता सामाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए।

पेरुमा कोरोना भाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी भोकै-प्यासै

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्।

डिएसपीमाथि ब्यारेकभित्रै कुटपीट, दुई इन्स्पेक्टर नियन्त्रणमा

सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि व्यारेकभित्रै कुटपीट भएको छ । रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपीट गरेका हुन्।

लकडाउन उल्लंघन नगर्न आग्रह गर्दा स्थानीयको कुटाईबाट असई घाईते

स्थानीय युवा समूहको कुटाईबाट सर्लाहीको राजघाट स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विकरु मण्डल घाईते भएका छन्।

सात वर्षीया छोरी हत्याको कसुरमा बाबु पक्राउ

२७ दिन अगाडि आफ्नै छोरीको हत्या गरेको आरोपमा वीरगन्ज –१ छपकैया घर भएका २९ वर्षीय सञ्जयकुमार साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । सात वर्षीया छोरी अंशुकुमारी सर्राफको घाँटी थिचेर बाबुले हत्या गरेको तथ्य खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । छोरी हत्या गरेपछि कसुरबाट बच्न सञ्जयले आत्महत्या जस्तो देखाउने बनाएको खुल्न आएको उनले बताए ।

सशस्त्र प्रहरीमाथि हातपात, पाँच जना पक्राउ

सीमा सुरक्षा र लकडाउनमा खटिएका सशस्त्र प्रहरीमाथि स्थानीयले हातपात गरेका छन् । सीमामा ओहोरदोहोर रोक्न तथा लकडाउन कार्यान्वयन गर्न भैरहवा भन्सार कार्यालय पछाडी दशगजामा खटिएका सशस्त्रका सुरक्षाकर्मीमाथि सिद्धार्थनगर–१ नउडिहवाका युवाहरुले हातपात गरेका हुन ।

लकडाउन उल्लंघन गरी मस्जिदमा नवाज पढ्ने १४ जना प्रहरी नियन्त्रणमा

जारी लकडाउनमा समेत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहिको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए ।

सोलुखुम्बुमा प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बुमा कोरोनाको रोकथामका लागि ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे अचानक मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

प्रहरी हवल्दारको मृत्यु

अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको  बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

सीमा क्षेत्रमा सशस्त्रको २४ घण्टे निगरानी(फोटो/भिडियो)

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सशस्त्र प्रहरीले लुकिछिपी आवतजावत रोक्न सीमा क्षेत्र २४ घण्टै निगरानी बढाएको छ। रुपन्देहीसँग जोडिएको भारतसँग सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारि २४ घण्टे उच्च सतर्कता बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्