कपिलवस्तु- जारी लकडाउनमा समेत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहिको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए ।
सरकारले कोरोना भाइरस र्फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामुहिक प्रार्थना र पूजापाठ गर्न प्रतिबन्ध लगाएको छ । त्यस बिपरित कपिलवस्तुका बिभिन्न मस्दिहरुमा अहिले पनि सामूहिक नवाज पढ्ने गरिएको भन्ने सूचनाका आधारमा धुपहीको मस्जिदमा अनुमगन गर्नैक्रमा सो भेटिएको प्रहरी उपरिक्षक राणाले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोलीले मस्जिदबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
‘हामीले पटक पटक मस्जिदमा सामूहिक नवाज नपढ्न आग्रह गरीरहेका छौ तर मस्जिदमा अझे नवाज पढ्ने गरिएको छ’ उनले भने । जिल्लामा रहेको १ सय १४ मस्जिदसहित धार्मिक स्थलमा अनुगन समेत गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । मस्जिदसहित जिल्लाका सबै धार्मिक स्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए ।
जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रबार र अन्य दिनको नवाज घरमै पढ्न अपील गरेका छन् । रौतहटपछि कपिलवस्तु दोश्रो मुस्लिम बाहुल्यता रहेको जिल्ला हो ।
प्रकाशित: ७ वैशाख २०७७ १०:०३ आइतबार