७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

जाहेरी दिन पुगेका डा. बाबुराम भट्टराई, सरेन्द्र यादव लायत। तस्बिर : केशव थोकर

काठमाडौं-  महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरणसम्वन्धी मुद्दा लिन इन्कार गरेको छ। पीडित सांसद डा. सुरेन्द्र यादव सहित जनता सामाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगे पनि परिसरका एसएसपी श्यामलाल ज्ञवालीले आफ्नो क्षेत्राअधिकार भित्र नपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेन्। उनले डा. यादवलाई महोत्तरी नै पुगेर मुद्दा दर्ता गर्न भनेका थिए।

सरकारवादी हुने मुद्दामा समेत प्रहरीले जाहेरी लिन नमानेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताए। जाहेरी लिन नमान्नुले घटना अझै गम्भिर बनेको उनले बताए।

खनाल, श्रेष्ठ र बस्नेतले समाजवादी पार्टी फुटाउने खेलमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए।

प्रकाशित: १४ वैशाख २०७७ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App