११ मंसिर २०८१ मंगलबार
image/svg+xml

डेढ दर्जन सवारी प्रहरी नियन्त्रणमा, अनावश्यक हिड्नेलाई समेत कारवाही

लकडाउन उल्लंघन गर्ने उपर कडा रुपमा प्रस्तुत हुन थालेको ताप्लेजुङ प्रहरीले अनुमति बेगर सञ्चालनमा आएका झण्डै डेढ दर्जन बढी सवारी नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरी अनावश्यक हिड्डुल गरेको अभियोगमा प्रहरीले १९ जना मानिसलाई कारवाही समेत गरेको जनाएको छ।

रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना

रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनलाई पूर्ण प्रभावकारी बनाउनका लागि क्याम्प स्थापना गरिएको हो।

गाई काटेर खाएको आरोपमा ५ जना पक्राउ

गाई काटेर खाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४, मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन्।

लकडाउन पालन गराउन हिँडेका प्रहरीमाथि ढुंगा प्रहार

रौतहटको सदरमुकाम गौरमा लकडाउन पालना गराउन हिडेका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ। लकडाउन पालना गराउन हिडेका प्रहरीसँग स्थानीयहरु झडपमै उत्रिएका हुन्। झडपमा एकजना प्रहरी हवल्दार घाइते भएका छन्।

डाक्टर कुटपिट प्रकरण : मेट्रो तानिए महाराजगञ्जका डिएसपी लम्साल

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रो तानिएका छन्। उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।

प्रहरीको कुटपिटमा पर्ने चिकित्सक भन्छन् : 'डाक्टर साक्टर' चिन्दैनौ भन्दै कुटे

लकडाउन उल्लङघन गरेको भन्दै चिकित्सकमाथी प्रहरीले कुटपिट गरेको छ। बुधबार बेलुकी त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो। क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा उनीहरुलाई प्रहरीले कुटपिट गरेको हो।

सर्लाहीमा राहतको विषयमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

जिल्लाको ईश्वरपुर नगरपालिकामा राहतको विषयमा विवाद बढेपछि दुईपक्षबीच झडप भएको छ। मंगलबार दिउँसो झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस नै प्रहार गर्नु पर्‍यो।ईश्वरपुर नगरपालिका–१५, गौरिशंकरमा राहत बाड्ने विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिको समूह तथा स्थानीय युवाहरूको समूहबीच झडप भएको हो।

अनावश्यक हिँड्नेलाई कम्तिमा २ घण्टा उभ्याउने प्रहरी योजना

सोमबारबाट ताप्लेजुङमा लकडाउनमा थप कडाई गरिने भएको छ। अत्यावश्यक काम बाहेक सडकमा देखिएका मानिसलाई कम्तिमा २ घण्टा सडकमै उभ्याएर लकडाउन र कोरोनाको प्रशिक्षणसहितको प्रारम्भिक कारबाही गर्ने योजना प्रहरीले बनाएको छ।

लकडाउन उल्लंघन गर्नेलाई कोरोना सर्ने तरिका सिकाउँदै गोरखा प्रहरी

गोरखामा सवारी साधनको चाप विषेशतः मोटरसाइकल गुड्ने क्रम बढ्दो देखिएपछि प्रहरीले आज बिहानै चेकजाँचलाई तीब्रता दियो। गोरखा सदरमुकाममा १३ जना सवारी चालक छिनमै नियन्त्रणमा परे। उनीहरुलाई पक्राउ गरेर प्रहरीले कोरोना सर्ने तरिका सिकाएको छ।

सीमामा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना भएका छन्।

रौतहटमा नौ पाकिस्तानी निगरानीमा

इस्लाम धर्म प्रचार गर्न रौतहटको मुस्लिम बस्तीमा खटिएका नौ जना पाकिस्तानी नागरिकलाई प्रहरीले निगरानीमा राखिएको छ।

डिआइजीको दरबन्दी कटौति, प्रहरीमा असन्तुष्टि

सरकारले प्रहरी नायवमहानिरीक्षक (डिआइजी)को दरवन्दी कटौति गरेको छ। नेपाल प्रहरीको प्राविधक बाहेक २६ डिआइजीको दरवन्दी रहेकोमा त्यसलाई घटाएर १४ कायम गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट विहिबार दिउसो नेपाल प्रहरीमा प्राविधिक बाहेकको डिआइजीको दरबन्दी १४ रहेको पत्र पुगेको हो। दरवन्दी कटौतिसँगै नेपाल प्रहरीभित्र असन्तुष्टि समेत बढेको छ।

स्थानीयसँग मिलेर सीमा निगरानी गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ।

सीमावर्ती क्षेत्रमा प्रहरीका थप १८ युनिट

कोरोना महामारी विस्तार हुन नदिन सुनसरीका सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका गरी १८ वटा युनिट थपिएका छन् ।

सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्