७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गाई काटेर खाएको आरोपमा ५ जना पक्राउ

रसुवा –  गाई काटेर खाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४, मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन्। 

जिल्लाको कालिका गाउँपालिका–२ कि नन्द कुमारी ढकालले आफ्नो गोठमा रहेको गाई हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीका अनुसार गाई चोरेर एकान्त जंगलमा लगेर काटेर मासु लगेको पाइएको छ।उनीहरूलाई मासु सहित पक्राउ गरिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।   
    
 

प्रकाशित: ४ वैशाख २०७७ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App