coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा नौ पाकिस्तानी निगरानीमा

रौतहट – इस्लाम धर्म प्रचार गर्न रौतहटको मुस्लिम बस्तीमा खटिएका नौ जना पाकिस्तानी नागरिकलाई प्रहरीले निगरानीमा राखिएको छ। धर्म प्रचारको क्रममा चैत ४ देखि रौतहटको विभिन्न ठाउँमा आएका नौ जना पाकिस्तानी नागरिकलाई रौतहटको देवाही गोनाही नगरपालिका, करुनियास्थित मस्जिदमा निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

नेपालमा लक–डाउन हुनभन्दा पहिलादेखि नै धार्मिक भिसामा रहेका पाकिस्तानी नागरिकहरू महम्मद यसुफ, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह रहेको र सबैलाई मस्जिदमै निगरानीमा राखिएको प्रजिअ वासुदेव घिमिरेले बताए।

प्रकाशित: २८ चैत्र २०७६ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App