११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा सशस्त्रको २४ घण्टे निगरानी(फोटो/भिडियो)

भैरहवा - भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सशस्त्र प्रहरीले लुकिछिपी आवतजावत रोक्न सीमा क्षेत्र २४ घण्टै निगरानी बढाएको छ। रुपन्देहीसँग जोडिएको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारि २४ घण्टे उच्च सतर्कता बढाइएको हो।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले नौ सय जनशक्ति परिचालन गरी पूर्ण रुपमा सिल गरिएको छ। सीमा क्षेत्रमा पर्ने सबै नाका, गोरेटो, जंगल, र खोला क्षेत्रमा निगरानी बढाई एक प्रहरीले अर्को प्रहरी देख्ने गरी दिनरात सशस्त्र प्रहरी तैनाथ गरिएको छ। 

कपिलवस्तु–नवलपरासी– भारतसंग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्लाको सीमा सुरक्षाका लागि १२ वटा अस्थायी यूनिट, ८९ वटा अस्थायी प्वाइन्टबाट सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ, पोष्टको हामीले प्रत्यक्ष अनुगमन पनि गरिरहेका छौ, पैदल र मोबाइल गस्ती पनि छ। प्रत्येक किलोमिटरमा अस्थायी टेन्ट राखी दशदेखि १२ जनाको टोली दशगजामै खटिएको छ।

जनचेतना नभएसम्म सुरक्षकर्मीले मात्र रोक्न नसकिने भएकोले कोरोना संक्रमण फैलिनबाट जोगिन स्थानीय जनप्रतिनिधीहरुसँग सहकार्य गरी गाउँ गाउँमा जनचेतनाकालागि स्वयंसेवक टिम निर्माण गरि पनि सूचना लिइरहेको छ। स्वयंसेवकहरुले गाउँमा आउने आगन्तुक र पहुनाहरुको पहिचान गरी जानकारी गराइरहेका छन्।

प्रकाशित: ७ वैशाख २०७७ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App