८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास

खोटाङको दिक्तेल बजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको छ।

सशस्त्रको बिओपीमा आगजनी

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ।

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ। आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए। प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ।

सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध

तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतिर सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो ।

बेलहियामा रोकेर राखिएको जेसिविमा अज्ञात समूहद्वारा आगजनी

प्रसौनी गाउँपालिका ६ बेलहियामा राखिएको जेसिविमा आगजनी गरिएको छ । बंगरी खोलाको बाढीको पानीलाई नियन्त्रण गर्न खोलाको दुबैतिर बाँध बाधने कार्यमा प्रयोग गरिएको जेसिवीलाई बुधबार राति १ बजेको समयमा आगजनी गरिएको बारा प्रहरीले जनाएको छ ।

गोरखामा पार्किङमा राखिएको कारमा आगजनी

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।

विप्लव कार्यकर्ताद्वारा ६ वटा गाडीमा आगजनी

प्रतिबन्धित विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन्। उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको ६ वटा गाडीमा बुधबार मध्यरातमा आगजनी गरेका हुन्।

गाउँपालिकाको डोजरमा आगजनी

डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राति आगजनी भएको हो।

एनसेल टावरमा आगजनी

षडानन्दन गरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ मुलपानी र वडा नम्वर ८ तुगेछको सिमानामा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मुलगेटमा प्रेसरकुकर बम भेटिएका छ। डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

एनसेल टावरमा आगजनी

गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

दुई वडा कार्यालयमा आगजनी

यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङको रावावेशी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो।

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्