१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

गोरखामा पार्किङमा राखिएको कारमा आगजनी

आगजनी भएको कार । तस्बिर : नरहरि/नागरिक

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।  

बिहान करिब ४ बजे आगजनी भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । गोरखा सदरमुमकामको मूख्य बजार क्षेत्रमा जडान गरिएको सिसिटिभीको क्यामेरा थपसँगै मर्मतको क्रममा रहेकाले कसले आगो लगायो भन्ने यकिन गर्न प्रहरीलाई समस्या भएको छ ।

 घरछेउमा राखिउको कारामा कसैले आगो लगाइएको दावी सवारी धनी केसीले गरेका छन् । गोरखा घर भएका उनी काठमाडौँमा ट्राभलमा काम गर्छन् ।

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App