बलात्कार फरक अपराध
सर्वोच्च अदालतले जबर्जस्ती करणीलाई अन्य अपराधभन्दा फरक मान्दै बलात्कार मानसिक पीडा आघात रोगको एक लक्षण भएको नजिर प्रतिपादन गरेको छ।
सर्वोच्च अदालतले जबर्जस्ती करणीलाई अन्य अपराधभन्दा फरक मान्दै बलात्कार मानसिक पीडा आघात रोगको एक लक्षण भएको नजिर प्रतिपादन गरेको छ।
उदयपुर प्रहरीले ४८ घण्टाको अवधिमा बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार र बिहीबार फरक फरक बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् ।
तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले रूपन्देहीकी बालिकालाई उल्टै बलात्कार आरोपितको घर पठाउनेलाई कानुनी कारबाहीको माग गरेको छ।
इलाका प्रहरी कार्यालय मेलम्चीले १८ वर्षीया युवतीका बाबु मेलम्ची नगरपालिका–११ कालाई पक्राउ गरेको हो । छोरीलाई विगत तीन÷चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ । युवतीकी आमाको जाहेरीका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
छिमेकमा रहेकी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको कृष्णगनर नगरपालिका– ११ औराहामा एक जना युवक पक्राउ परेका छन । शुक्रबार राति १० बजेतिर काम छ भनी आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा २४ वर्षिय तिरथ यादव पक्राउ परेका हुन ।
बैशाख ११ गते पूर्वी सुर्खेतमा ६० वर्षीया बृद्धा बलात्कृत भइन् । छोरी भेटेर घर फर्कदैं गरेकी बृद्धालाई २० वर्षीय चिनेकै एक युवकले जंगलमा बलात्कार गरे । ‘आमाको मुख हेर्ने दिन छोरी भेटेर फर्कदैं गरेकी बृद्ध महिलालाई गाउँकै एक युवाले जंगलमा बलात्कार गरेको खवर आयो,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले भने, ‘तत्कालै हामीले पीडकलाई पक्राउ गर्न सफल भयौं ।’
कोरोना भाइरसका कारण जारी लकडाउनका विषयमा सुरक्षाकर्मीले आफ्नो ध्यान केन्द्रित गरीरहेका बेला यो अवधिमा कपिलवस्तुमा जबरजस्ती करणीका पाँच घटना भएका छन् । गत चैत ११ देखि बैशाख ८ गतेका बीचमा ४ नाबालिका र एक महिला बलात्कारको शिकारमा परेका हुन ।
बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
रौतहटमा लकडाउनको अवधिमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो।
निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ। घटना भएको ७ वर्ष ३ महिनापछि बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो।
परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या गरिएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन आउँदै गर्दा विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
एक शारीरिक अपाङ्गता भएकी युवती बलात्कार आरोपमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फरक क्षमताकी २६ वर्षीया युवतीमाथि जवरजस्ती गरेको आरोपमा त्रियुगा नगरपालिका ९ का १९ वर्षीय बबित मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ।