४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनकाे समयमा कपिलवस्तुमा चार नाबालिकासहित ५ बलात्कारका घटना

कपिलवस्तु- कोरोना भाइरसका कारण जारी लकडाउनका विषयमा सुरक्षाकर्मीले आफ्नो ध्यान केन्द्रित गरीरहेका बेला यो अवधिमा कपिलवस्तुमा जबरजस्ती करणीका पाँच घटना भएका छन् । गत चैत ११ देखि बैशाख ८ गतेका बीचमा ४ नाबालिका र एक महिला बलात्कारको शिकारमा परेका हुन ।

जिल्लाका चार पालिकामा चार जरबजस्ती करणीका घटना भएका हुन । पाँच घटनामा चार जना आरोपी पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । गत बैशाख १ गते कपिलवस्तु नगरपालिका–३ औरहियाका ५० वर्षिय रामदवन बेल्दार १७ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । नयाँ वर्षको दिन ललाईफकार्ई दिउसो बेल्दारले ती नाबालिकालाई करणी गरेका थिए ।  

गत चैत २१ गते साँझ ६ बजेतको समयमा शिवराज नगरपालिका– १ का ३६ वर्षिय गणेश क्षेत्रीले २० वर्षिया महिलालाई करणी गरे । ती महिलाको परिवारको उजुरीका आधारमा क्षेत्रीलाई पक्राउ परेका थिए । चैत १३ गते मयादेबी गाउँपालिका– ४ गौराका २५ वर्षिया एजाज मुसलमानले १३ वर्षिया बालिकालाई बलात्कार गरे । राति १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा उनले नाबालिकालाई बलात्कार गरेका थिए । घटनापछि उनी फरार छन् ।

गत चैत १० गते सुद्धोदन गाउँपालिका–४ का एक १६ वर्षिय नाबालकले १४ वर्षिया नाबालिकालाई बलात्कार गरे । जबरजस्ती करणीको आरोप ती नाबालक प्रहरी हिरासतमा छन् । पाँच वटै जरबरजस्ती करणीको मुद्दा दर्ता भई अदालतबाट म्याद समेत लिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । चालु आर्थिक वर्षको अहिले सम्म कुल २३ वटा जरबरजस्ती करणी को मुद्दा दर्ता भएको उनले बताए ।  

लकडाउनको अवधिमा समेत कपिलवस्तुमा ३ वटा आत्महत्याका घटना भएका छन् । २ झुण्डीएर र एक बिष सेवनाबाट आत्महत्या गरिएको प्रहरी रिपार्टमा छ । चैत २० गते ईलाका प्रहरी कार्यालय पिपरामा आफ्नै नाबालिका छोरीलाई बलात्कार गरको आरोपमा हिरासतमा रहेका बेला शौचालयमा झुण्डीएर आत्महत्या गरेका थिए ।

 

प्रकाशित: ८ वैशाख २०७७ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App