coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१५ वर्षिया बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ

कपिलवस्तु - छिमेकमा रहेकी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको कृष्णगनर नगरपालिका– ११ औराहामा एक जना युवक पक्राउ परेका छन । शुक्रबार राति १० बजेतिर काम छ भनी आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा २४ वर्षिय तिरथ यादव पक्राउ परेका हुन ।  

ईलाका प्रहरी कार्यालय गणशेपुरका प्रहरी निरीक्षक मधु नेपालका अनुसार काम छ भनी बोलाएर घरमा बलात्कार गरेको यादवमाथी अभियोग लागेको छ । पीडीत बालिकाका परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरी अदालतबाट अनुसंधानका लागि म्याद लिईएको नेपालले बताए । पीडीत बालिकाको शिवराज अस्पतालमा स्वासथ्य परीक्षण समेत भईसकेको छ र रिपोर्ट अझै आईनसकको प्रहरी निरीक्षक नेपालले बताए । लकडाउन सुरु भए यता कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् । 

प्रकाशित: ४ जेष्ठ २०७७ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App