उदयपुर प्रहरीले ४८ घण्टाको अवधिमा बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार र बिहीबार फरक फरक बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् ।
जिल्लाको कटारी नगरपालिका ७ की १५ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका १७ वर्षीय अनिल दनुवार पक्राउ परेका हुन् । गत १८ गते रातिको घट्नाबारे पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय कटारीमा दिएको उजुरीका आधारमा दुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनलाई इप्रका कटारीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
त्यस्तै त्रियुगा नगरपालिका ८ चुहाडेकी ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय एकबहादुर थापालाई पनि बिहीबार पक्राउ गरिएको छ । परेका छन् । बालिकामाथि जवरजस्ती गरेको भन्ने अभिभावकको जाहेरीका आधारमा उनलाई जिल्ला प्रहरीबाट खटेको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
अघिल्लो दिन मात्र कटारी र चौदण्डीगढी नगरपालिकामा गरी बलात्करकै आरोपमा २ जना पक्राउ परेका थिए । कटारीकी एक १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा १७ वर्षीय बालकविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी भनाई छ । बालिकाको स्वास्थ्य अवस्था खराव भएर अस्पतालमा उपचारार्थ भर्ना गराउँदा उनी ८ हप्ताको गर्भवती भएको खुल्न आएपछि सोधीखोजी गर्दा बलात्कृत भएको बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको बताइएको छ ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका १० खैराहाझोडाका ४५ वर्षीय पर्वत अधिकारीलाई १० वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा बुधबारै पक्राउ गरिएको प्रहरीले जाएको छ । अधिकारीले बालिकालाई आफ्नै घरमा लगेर जवरजस्ती गर्न प्रयास गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खट्को टोलीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ सबैलाई हिरासतमा राखेर जवरजस्ती करणी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।
प्रकाशित: २२ जेष्ठ २०७७ १५:११ बिहीबार