९ आश्विन २०८१ बुधबार
image/svg+xml

सेती यातायातले उठायाे ३७ करोड राजस्व

सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ३७ करोड राजस्व संकलन गरेको छ।

११ महिनामा साढे ७ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय बुटवलले गत आर्थिक वर्षमा भन्दा यो वर्ष ३२ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ।

मालपोतबाट ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य

सरकारले मालपोत कार्यालयबाट छिटो, छरितो, प्रभावकारी र व्यवस्थित गर्न ‘नमूना मालपोत’ बनाउने अभियान सुरु गरेको छ।

मोटरबाटोदेखि चर्पीसम्म

जुम्लाको चन्दननाथ भैरवनाथ गुठी समितिको जग्गा अतिक्रमण रोकिएको छैन। गुठीको जग्गामा सार्वजनिक मोटरबाटो बनाउनेदेखि निजी चर्पी बनाउनेसम्मको कार्य भइरहेको छ। २०५२ सालयता नापी भएको तथ्यांक हेर्ने हो भने तत्कालीन तलिउम, चन्दननाथ, गज्र्याङकोट र देपाल गाउँमा मात्र गुठीको जग्गा भएको देखिन्छ। तर २००६ सालको लगतअनुसार हुम्ला, बाजुरा, जुम्लाको रिनी, जोगिबाडा र कालिकोटमा पनि गुठीको जग्गा भएको देखिन्छ। तर त्यो गुठीको जग्गा अहिले व्यक्तिगत भइसकेको छ। उनीहरू चन्दननाथ भैरवनाथ गुठीको नाममा राजस्व तिर्छन्। जग्गा किनबेच गर्न सहजै पाउँछन् तापनि त्यो जग्गाको अहिले कुनै हिसाबकिताब छैन।

सरकार गत वर्षभन्दा पनि कमजोर

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष खर्च हुन नसक्दा त्यसलाई आधार वर्ष मान्नुपर्ने भन्दै यो वर्ष विकासले फड्को मार्ने बताएका थिए। तर, सरकारी तथ्यांकहरुले चालु वर्ष गत वर्षको जति पनि काम हुन नसकेको देखाएका छन्।

राजस्वको रस

सामान्यतः मूल्य अभिवृद्धि कर (भ्याट) उपभोक्ताबाट उठाइएको रकम हो, जसमा सेवा वा वस्तु बिक्रेताले आफैं राख्न पाउने होइनन् । यसलाई उठाएपछि तोकिएको समयभित्र राजस्वमा बुझाउनुपर्ने दायित्व हुन्छ । करछली गर्न अनेकन उपाय अपनाएको देखिन्छ । तर राज्यलाई बुझाउने यस्तो कर स्वाभाविक रूपमा तोकिएको खातामा जम्मा हुनुपर्छ ।

असी कम्पनीबाट साढे तीन अर्ब राजस्व छली

मजदुर अथवा कुनै सामान्य अशिक्षित व्यक्तिका नाममा कम्पनी खडा गरेर करिब सात अर्ब रुपैयाँका नक्कली बिल बिक्री गरेर राजस्व छली।

अन्तःशुल्क असुली राम्रो, भन्सार र भ्याट घट्यो

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा साढे १३ प्रतिशतले कम असुली भएको छ। मुलुककै प्रमुख नाकामा रहेको यस भन्सारले आर्थिक वर्षको १० महिनादेखि विभागले दिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन।

पर्वतारोहणबाट ५५ करोडमाथि राजस्व

चालु आव ०७५/७६ को जेठ ११ सम्ममा सगरमाथासहित अन्य ३२ हिमाल आरोहणबाट ५५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । विदेशी आरोहीको संख्या उत्साहजनक रुपमा बढेकाले यो वर्ष पोहोरको तुलनामा झण्डै १९ प्रतिशतले पर्वतारोहण राजस्व बढेको बढेको पर्यटन विभागले जनाएको छ ।

राजस्व पहिलोपटक तेह्रौं अंकमा

विश्वका धेरै मुलुकको तुलनामा अर्थतन्त्रको आकार सानो भएको नेपालले पहिलोपटक (ट्रिलियन) १० खर्ब रुपैयाँ राजस्व उठाउँदैछ। बजेट तयारीमा व्यस्त रहेका अर्थमन्त्री युवराज खतिवडाको अर्को वर्षको राजस्व लक्ष्य एक ट्रिलियन (१० खर्ब रुपैयाँ ) भन्दा धेरै हुनेछ। नेपालमा पहिलोपटक आर्थिक वर्ष २०६४÷०६५ मा राजस्व एक खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। यसको १२ वर्षपछि राजस्वको आकारले अर्को अंक (तेह्रौं डिजिट) छोएको हो।

राजस्व लक्ष्य पूरा गर्न मुलकभर टोली

अर्थमन्त्री युवराज खतिवडाले चालु बजेटकोे संशोधित राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन गरेका छन्। अर्थमन्त्रीले यही जेठ २ मा आठ सदस्यीय टोली बनाएर यसलाई मुलुकभर परिचालन गरेका हुन्। चालु बजेटले करिब ३५ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य राखेको थियो। यो लक्ष्य कुनै पनि हालतमा पूरा नहुने देखिएपछि अर्थमन्त्री खतिवडाले मध्यावधि समीक्षामार्फत घटाएका थिए।

बढ्दो खर्च, राजस्व र आसन्न बजेट

सरकारले प्रस्तुत गर्ने गरेको बजेटमा प्रत्येक नागरिकका जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता पूरा गरी गरिबी र पछौटेपन अन्त्य गर्ने, आर्थिक समुन्नत सुदृढ अर्थतन्त्र निर्माण गर्ने, आर्थिक वृद्धि दरमा सुधार गर्ने जस्ता उद्देश्य रहने गरेका छन्। प्रत्येक सरकार गठनसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुने र सोहीअनुरूप बजेट प्रस्तुत गर्ने प्रचलन छ।

लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय दमौलीले लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/७६ को मंसिरबाट वैशाखसम्म ६ महिनाको अवधिमा लक्ष्यभन्दा पाँच प्रतिशत राजस्व असुल गरेको कार्यालयले जनाएको छ।

पर्यटकबाट १० करोड राजस्व

खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकबाट १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । खुम्बुपासाङल्हामू गाउँपालिकाले संकलन गर्न थालेको शुल्कबाट चालु आर्थिक वर्षको चैतसम्मको नौ महिनामा १० करोड १२ लाख ३६ हजार राजस्व संकलन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्