रसुवा भन्सार कार्यालयद्वारा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन
रसुवा भन्सार कार्यालयले पाँच वर्षमा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म कार्यालयले २६ अर्ब ४ करोड ४६ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्ब ८६ करोड २६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।