२० मंसिर २०८२ शनिबार
image/svg+xml

सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल, रास्वपा बाहिर

सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताएका छन्।

कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना

कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्।

विदेशी विनिमय सञ्चिति पौने २९ खर्ब

मुलुकको अर्थतन्त्रमा जेनजी आन्दोलनले धक्का लागिरहेको अवस्थामा अर्थतन्त्रका बाह्य सूचक सकारात्मक देखिएका छन्।

नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

मधेस प्रदेशमा सोनललाई मुख्यमन्त्री बनाउन पाँच दल सहमत, कांग्रेस–एमाले ‘आउट’!

पाँचै दल बहुमत सहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेस गर्न गइरहेको जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले बताए।

दृष्टिविहीन धर्मलालको रेडियो यात्रा : आवाजले उज्यालो छर्ने प्रेरणा

रेडियो सञ्चालक मोहन शाहीको प्रेरणा, साथ र सहकार्यले धर्मलाल अझ निखारिए। धर्मलालले जुम्लाको सिंजा-३ मा रहेको भैरव माध्यमिक विद्यालय, नराकोटमा ब्रेल लिपिबाट हाईस्कूल तहसम्म अध्ययन गरेका हुन्।

धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो।

फ्रान्समा राजनीतिक संकट : सरकारले विश्वासको मत नपाए संसद् विघटन गर्ने राष्ट्रपतिको चेतावनी

राष्ट्रपति म्याक्रोन हालैका हप्तामा बढ्दो दबाबमा छन्। विपक्षीहरूले उनलाई राजीनामा दिन वा नयाँ चुनाव गराउन माग गरिरहेका छन्।

स्तन क्यान्सर पहिलो नम्बरमा

दुई दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो। पछिल्लो समय भने स्तन क्यान्सर पहिलो नम्बरमा रहेको तथ्यांकले औंल्याएको छ।

कम्प्युटर शिक्षा अवधारणापत्र तयार पार्दै पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनअघि विद्यालय तहमा कक्षा ९ र १० मा अनिवार्य विषयका रूपमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्