२ माघ २०८१ बुधबार
image/svg+xml

वैशाखमा घरेलु उद्योग महोत्सव

नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने जनाएको छ ।

बागलुङ महोत्सव आजबाट

उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा बागलुङ महोत्सव–२०७४ शुक्रबार सुरु हुँदैछ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा तथा व्यापारको प्रवद्र्धन’ नारासाथ प्रदेश नम्बर ४ स्तरीय  कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको सबै तयारी पूरा भएको संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । ‘महोत्सवको सबै तयारी पूरा भएको छ,’ भारीले भने, ‘विगतमा चैत्राष्टमीको अवसरमा पारेर गर्ने महोत्सव यसपटक पुसमै गर्न लागिएको हो ।’

पाँचदिने महोत्सवमा महिनाको आम्दानी

पोखरामा बर्सेनि हुने सडक महोत्सवले आर्थिक रुपमा पोखरालाई माथि उठाएको छ । फरक–फरक व्यावसायलाई फरक तरिकाले उकासेको छ । केही वर्षअघिसम्म होटल र रेस्टुरेन्टले मात्र महोत्सवबाट फाइदा लिन्छन् भन्ने आम जनतामा भ्रम परेको थियो । तर, पछिल्लो समय यहाँको पूरै व्यवसायले यसबाट नाफा लिन सकेको व्यवसायीले बुझेका छन् । यसले पर्यटन क्षेत्रको आर्थिक रुपमा उचाइ बढाइदिएको छ । यो नै महोत्सवको सबैभन्दा बढी सफलताको बाटो हो । यद्यपि रेस्टुरेन्टले मात्र महोत्सव गरेको भनेको भए यो उत्तिसारो सफल हुने थिएन । यसमा सबैको सहयोगको जरुरी पनि छ ।

बारामा माछा महोत्सव

नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ।

सडक महोत्सवले सजियो लेकसाईड

पोखरामा अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको विदाइ भोली बिहीवार देखि आयोजना हुने सडक महोत्सवको सबै तयारी पुरा भएको छ । पोखरामा करिब पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले यो महोत्सव गर्दैछ ।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू

पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा बिहीबारदेखि तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू भएकाे छ । तीन दिनसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्महरू प्रदर्शन हुने जानकारी महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

जनकपुरमा विवाह महोत्सव मनाइँदै

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ।  जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै

हिमाली क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा चौथोपटक पर्वतीय महोत्सव गर्न लागेको हो ।

बाल नाटक महोत्सव सुरु

बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

तस्करहरूको स्वर्णमहोत्सव

मुलुकलाई तस्करीमा फसाएर आर्थिक दोहन गर्न पल्केका राजनीतिक नेतृत्वहरू यसमा कारक तŒव रहेको आशंका नेपाली जनमानसमा व्याप्त छ । झन्डै चार दशक पूरा गरेर पाँचौँ दशकको स्वर्ण महोत्सवको तयारीमा सक्रिय बनेको सुन तस्करीको फन्दाबाट राष्ट्रले छिटो उन्मुक्ति पाउने आशा गर्नु व्यर्थ छ ।

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

सदरमुकाम गौर स्थित राईस मिलमा संचालित धार्मिक महोत्सवमा बनाईको बैष्णे देवी गुफामा करेन्ट लागेर स्थानीय १४ वर्षिया मुनिता कुमारी पंडितको ज्यान गएको छ।

बागमतीमा महाजल यात्रा महोत्सव (फोटो / भिडियाे)

बागमती नदीको सफाइसँगै महाजल यात्रा महोत्सवको आयोजना गरिएको छ । बागमती सफाइको दुई सय २३ औँ हप्ता पुगेसँगै शनिबार बागमती महाजल यात्रा महोत्सवको आयोजना गरिएको हो।

सकियो संगीत तथा नृत्य महोत्सव

हेटौंडामा तीन दिनसम्म चलेको 'राष्ट्रिय संगीत तथा नृत्य महोत्सव' बुधबार सकिएको छ। समापनमा जेठको चर्को गर्मीको समेत पर्वाह नगरी दर्शकले गीत, संगीत र नृत्यको स्वाद लिएका थिए। क्षेत्रीय कलाकार, सांस्कृतिक कलाकर्मी र स्थानीय कलाकारको सहभागिता रहेको महोत्सवको समापनमा उनीहरूले आ–आफ्ना कला प्रस्तुत गरेका थिए।

राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव शुरु

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव हेटौंडामा शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्