२ माघ २०८१ बुधबार
image/svg+xml

मातृ मुहार दर्शन महोत्सव

मातृ मुहार दर्शन महोत्सव ! चारै शब्द फरक छन् । चारैसित नेपाली सबै परिचित हामी । आमाको मुख हेर्ने चाड दिवस, उत्सव । मातृ कोखको महिमा दिवस । कुनै संस्था वा उपलब्धि दिवसभन्दा कहाँ कताको उच्चतम् अवसर ।

नयाँ वर्षमा रुपाकोट महोत्सव

नयाँ वर्षको अवसरमा खोटाङको पर्यटकीयस्थल रुपाकोटमा शुक्रबार रुपाकोट महोत्तसव आयोजना गरिएको छ। प्रथम रुपाकोट महोत्सवमा आन्तरिक पर्यटक तथा स्थानीयको भीड लागेको हो।

प्रथम चौरी महोत्सवको तयारी तीव्र

पालमै पहिलो पटक आयोजना गर्न लागिएको  प्रथम चौरी महोत्सवको तयारी तिव्रताका साथ अघि बढाइएको छ । पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि भन्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवबाट क्याम्पसलाई दुई करोड १६ लाख

खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।

क्याम्पसको सहयोगार्थ धार्मिक महोत्सव सुरु

खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ धार्मिक महोत्सव सुरु गरिएको छ । दिक्तेल बहुमुखी क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउनका लागि आवश्यक रकम जुटाउन शनिबारदेखि धार्मिक महोत्सव सुरु गरिएको हो ।

सुरु भयो मानवअधिकार फिल्म महोत्सव

मानव अधिकारका विषयमा केन्द्रित फिल्महरुलाई प्राथमिकता दिदैं मानवअधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  ‘मेरो पनि अधिकार छ’  भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे ।

महोत्सव महिमा

साहित्यले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता हाम्रो जस्तो विकासशील र राजनीतिक अस्थिरता भएको मुलुकमा बढी टड्कारोका साथ अनुभव गरिन्छ । हालका साहित्यिक महोत्सवहरू एक किसिमले फेसनकै रूपमा प्रचलित छन्, चाहे त्यो विदेशमा हुने गरेका महोत्सवहरू नै किन नहोऊन् ! महोत्सवहरूले कुनै पार्टीको महाधिवेशनको रूप लिनलिन खोजेको पनि पाइन्छ । यिनको आयोजन माथि भनिएका सामाजिक पक्ष र साहित्यिक विमर्शभन्दा प्रदर्शनकामी भएका छन् ।

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

उत्पादन बढाउन बारामा माछा महोत्सव सुरु

माछाको उत्पादन बढाउन र उत्पादित माछाको बजारीकरणको लागि सदरमुकाम कलैयामा बिहीबारदेखि तीन दिने मत्स्य महोत्सव शुरु गरिएको छ।

विकेन्द्रित साहित्य महोत्सव

बुटबल घर भएका प्रमोद तिवारीले नेपाली साहित्य महोत्सवको बारेमा निकै सुनेका थिए। मनाङमा विज्ञान र अंग्रेजी पढाउने उनलाई यो महोत्सवमा सहभागी हुने ठूलो इच्छा थियो। तर, काठमाडौंसम्म पुग्न प्रमोदसँग न त समय थियो न पैसा।

साहित्य महोत्सवको सार्थकता

आवश्यक गति पक्रन सकस परेको देखिए पनि मुलुक संघीय ढाँचामा चल्ने प्रयत्न गरिरहेको छ। सीमांकन–नामांकनजस्ता नितान्त प्राविधिक विषयमा राजनीति सहमति जुट्न नसके पनि आमजनता आआफ्ना तर्फबाट संघीयताको अभ्यास गर्न थालिसकेका छन्।

साहित्य महोत्सवमा 'मिस मोटी'

सेन्टजेभियरमा स्कुल पढ्दादेखि नै कृपा जोशीलाई आफू अरुभन्दा मोटी भएको महसुस हुन्थ्यो। यो उनको भ्रम थियो। असाध्यै दुब्लोको अगाडि मात्र कृपा मोटी देखिन्थिन्। तर, उनीमा आफू मोटो भएको भावना यति प्रबल थियो कि उनले त्यसयता न खानपिनमा परहेज गरिन्, न त शारीरिक अभ्यासमा जोड दिइन्।

सिमसिमे पानीबीच पोखरामा साहित्य महोत्सव सुरु

बिहानेदेखि परिरहेको वर्षाका कारण एक घन्टा ढिलोगरी नेपाल साहित्य महोत्सवको छैटौं शृंखला शुक्रबारदेखि पोखरामा सुरु भएको छ। बिहानैदेखि पानी परेपछि वक्ताहरु मञ्चमा छाता ओढेर छलफलमा सहभागी भएका छन्।

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् ।

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने, सभामुखद्वारा उद्‍घाटन

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्