२ माघ २०८१ बुधबार
image/svg+xml

चितवन महोत्सव सुरु

चितवन उद्योग वाणिज्य संघको आयोजनामा सोमबारबाट नारायणगढ नारायणी नदी किनारमा ११औं चितवन महोत्सव सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त महोत्सव माघ पाँच गतेसम्म सञ्चालन हुने छ।

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार

पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको छ। पुस ७ देखि १७ गते सम्म सञ्चालन भएको महोत्सवमा रमाइलो मेला बाहेक १५ करोड बराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले जानकारी दिए।

सौराहामा हात्ती महोत्सवको रौनक

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।

महोत्सवमा केराको मम चाख्नेको भीड

तपार्इंले धेरै थरीका मम खानु भएको होला । चिकन मःमः, बफ मःमः, सब्जी मम आदी । तर केराको पनि मम हुन्छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा केराको मम चाख्नेहरुको भीड लाग्ने गरेको छ।

‘न्युरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि

जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।

सातौं चीन महोत्सव काठमाडौंमा सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट यहाँ सुरु भयो।

लमजुङ महोत्सवबाटै जालीनोट छाप्ने युवा पक्राउ

जालीनोट बनाउँदै आएका एक युवालाई सदरमुकाम बेसीशहरमा भईरहेको पाँचौं लमजुङ महोत्सवबाट प्रहरीले शुक्रबार पक्राउ गरेको छ । कम्प्युटरको सहयताबाट घरमै जालीनोट बनाउँदै आएका बेसीशहर नगरपालिका ४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठ महोत्सवस्थलबाट पक्राउ परेका हुन् ।

चितवनमा दोस्रो माछा महोत्सव

भरतपुरमा शुक्रबारदेखि दोस्रो माछा महोत्सव सुरु भएको छ। कृषिराज्यमन्त्री राधिका तामाङले उद्घाटन गरेको महोत्सव पुस ५ सम्म चल्नेछ। स्वदेशी माछाको खपत बढाउने उद्देश्यले माछा महोत्सव आयोजना गरेको आयोजक समिति संयोजक रमेश पाण्डेले बताए।

विश्वप्रकाश नेतृत्वमा झापामा स्वास्थ्य महोत्सव

राजनीतिक दलहरुले गर्ने कार्यक्रम भन्ने बित्तिकै सबैले सम्झिने कुरा लगभग एउटै हुन्छ, सभा, भाषणबाजी, नाराजुलुस। दलीय फाइदाभन्दा परको कुरा सोच्नै नसक्ने भन्दै चौतर्फी आलोचना हुने गरेको छ। यसबाट  कुनै पनि दल मुक्त छैनन्। तर, झापाको १ नम्बर क्षेत्रमा  भने यसपटक नेपाली काँग्रेस एउटा फरक तर जनतासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमसहित पेश हुने तयारीमा लागेको छ।

यसरी मनाइँदै छ रामजानकी विवाह महोत्सव

यस्तै सुमधुर लोकगीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज पनि धुमधाम साथ मनाइँदैछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँदै आइएको यस महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ ।

सुरु भयो लोकबाजा तथा फिल्म महोत्सव

बिहीबार जब गायिका मिनु वाइबाले झलकमान गन्धर्वका गीत सांरगी रेट्दै राष्ट्रिय नाचघरमा गाइन्, तब उपस्थित दर्शक थपडी मार्न बाध्य भए । गन्धर्व समुदायमा पनि महिलाले सांरगी बजाउँदैनथिए । तर मिनु अर्कै समुदायकी महिला भएर पनि सारंगी बजाइन् ।

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपरान्ह ताप्लेजुङ आउने भएका छन्।

मौलिक बाजा जोगाउन महोत्सव

गन्धर्व बाजाका नामले चिनिने सारंगी बजाउँछन् गोकुल गन्धर्व। पहिले पहिले यो बाजा उनका लागि गाउँघरमा कमाइखाने जोहो हुन्थ्यो। तर आधुनिक बाजाको तामझामले उनको सारंगीको धुन सुन्न रुचाउने घट्दै गए। गाउँघरमा जातकै कारण उनलाई हेयको दृष्टिले हेर्नेहरु बढी थिए।

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

नेपाली फिल्म ‘ह्वाइट सन’ विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा प्रिमियर गरिएको छ । दीपक रौनियारद्वारा निर्देशित फिल्म मंगबार इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ७३ औं संस्करणमा प्रिमियर गरिएको थियो।

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्