त्रिवि सभा (सिनेट): विश्वविद्यालयको अवमूल्यन र पदाधिकारीहरू
शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।

शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।
हाम्रो जस्तो दुईतिहाइ भन्दा बढी जनसंख्या आश्रित र करिब एकतिहाइ जिडिपी ओगटेको कृषि क्षेत्र मौसममा नै भर पर्ने भएकाले जलवायु परिवर्तनले कृषिमा बढी असर पार्ने निश्चित छ।
काठमाडौं बानेश्वरमा बस्ने साजना सापकोटा नक्सालको काठमाडौं बहिरा संघमा बिहान बिहान सांकेतिक भाषा सिक्न आउँछिन्। उनी जस्तै वीस जनाले संघमा सांकेतिक भाषा सिकिरहेका छन्। फुर्सदको समय सदुपयोग गरौं भन्ने सोचले एकथरी मानिस सांकेतिक भाषा सिक्न आउँछन् भने आफ्नो घर परिवारमा भएका बहिरा सदस्यसँग कुराकानी सहज होस् भन्ने सोचले भाषा सिक्न आउनेहरु पनि छन्।
आधुनिक प्रविधिको विकास भएसँगै हुलाक सेवा ओझेलमा परेको छ । विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चारको प्रविधिको विकास भएसँगै ओझेलमा पर्यो । कुनै बेला बिहान दस बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ ।
डेढ दशकअघि विश्वचर्चित कम्पनी माइक्रोसफ्ट छाडेर नेपालका गाउँगाउँमा पुस्तकालय खोल्ने अभियान चलाएका थिए– अमेरिकी नागरिक जोन उडले। त्यसै अभियानअन्र्तगत ‘रुम टु रिड’ नामक संस्था खुल्यो र त्यसले बालबालिकाहरूका लागि पुस्तक प्रकाशन सुरु गर्न थाल्यो।
सबै घरका उस्तै संरचना। रंगरोगन पनि उस्तै। करिब दुईदेखि नाैँ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण।
जीर्ण र अव्यवस्थित अवस्थामा रहेको काठमाडौं गोकर्णश्वर नगरपालिकाको कान्तिभैरव उत्तरबाहिनी मन्दिर पुनर्निमाण र व्यवस्थित भएपछि भक्तजनको भीड बढ्न थालेको छ।
संघीयता सफल पार्न केन्द्र, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरुले एक आपसमा समन्वय गर्नुको विकल्प नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारीहरुले पनि आफ्नो स्वार्थभन्दा राष्ट्रसेवालाई केन्द्रमा राखे मात्र देश सफल हुने बताए।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन राज्य लागिपरेको बताएका छन्।
राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी गत पुष १४ गतेबाट जारी छ। आम पाठकहरूलाई मध्यनजर गर्दै भएको प्रदर्शनी पुष २९ गतेसम्म चल्नेछ। प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्ने विभिन्न कार्यक्रममध्ये पुस्तक प्रदर्शनी पनि एक रहेको प्रतिष्ठानले जनाएको छ।
२०७२ सालको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन अहिले नयाँ भवनमा सरेसँगै पाठकहरुको संख्या पनि बढ्न थालेको छ। नवनिर्मित पुस्तकालय भवनमा पाठकहरुलाई अध्ययन गर्नका लागि शान्त, सफा र पठनमैत्री वातावरण भएका कारण पाठकहरु बढेका हुन्।
विज्ञान प्रविधिको विकाससँगै धरै कुरा ओझेलमा परे। त्यही मध्येको एक हो हुलाक। विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चार प्रविधिको विकाससँगै ओझेलमा प-यो। कुनै बेला बिहान १० बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ।
सिन्धुपाल्चोक मेलम्चीकी सम्झना गिरी आफ्नो मेहेनत र परिश्रममा विश्वास गर्छिन्। मेलम्ची नगरपालिका–८ की सम्झनाको पेसा खेती किसानी हो। विशेषगरी तरकारी खेती गर्दै आएकी उनले आधुनिक कृषि पद्धति अपनाएकी छिन्।
धेरैका लागि फिल्मको ट्रेलर आँखीझ्याल हो। ट्रेलर जति राम्रो छ, दर्शक त्यति नै फिल्मप्रति उत्सुक हुन्छन्। विश्व सिनेमामा २० औं शताब्दीदेखि नै ट्रेलरलाई फिल्मको प्रचार सामाग्रीको मुख्य हिस्सा मानिन्थ्यो।
