राष्ट्रिय बाल नाटक महोत्सव सुरु
शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गरेका थिए।
शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गरेका थिए।
आगामी फागुन २ देखि १३ गतेसम्म ‘सातौं धादिङ महोत्सव २०७६’ हुने भएको छ। धादिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो।
कृषि, पर्यटन प्रवद्धन गर्ने हाम्रो सान, कला संस्कृति जगेर्ना रामेछापको पहिचान भन्ने मुल नाराका साथ रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृति तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले तेस्रो गैंडाकोट महोत्सव आयोजना गरेको छ। महोत्सवको औपचारिक उद्घाटन भने भएको छैन। महोत्सव आयोजना सुरु हुनुभन्दा पहिले शोभायात्रा गरिएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ।
उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरको आयोजनामा तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु भएको छ। शोभा यात्रा सम्पन्न गरी महोत्सवको उद्घाटन गरिएकाे छ।
शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवको लागि नाटकहरू छनोट भएका छन्। आगामी माघ २२ देखि राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा १६ वटा नाटकहरू मञ्चन हुनेछन्।
भक्तपुरमा आगामी चैत्र ४ देखि ८ गतेसम्म सञ्चालन हुने पाँच दिने महोत्सवका लागि एक सय ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।
आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।
डुंगेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुंगेश्वर सास्कृतिक महोत्सव गर्न थालेको छ। जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।
पर्यटन भ्रमण वर्षलाई सफल पार्न डडेल्धुरामा महोत्सवको आयोजना गरिने भएको छ। नेपाल सरकारले सञ्चालन गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल सरकारकै नारा सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटनसँगै उद्योग र व्यापार समृद्धीको आधार भन्ने मुल नाराका साथ डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो।
बढ्दो आधुनिकता र जीवनशैलीमा आएको परिवर्तनले नेपाली साहित्यमा बिरलै मात्र देख्न–पढ्न पाउने अवस्थामा पुगेको नाटक विधाको संरक्षणका लागि कलाकर्मी जुटेका छन्। जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी त्यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका हुन्।
बलिउड फिल्मका निर्देशक प्रकाश झा मह सहभागी हुन नेपाल आउँदैछन्। महोत्सवमा उनले निर्णायक टोलीको नेतृत्व गर्दैछन्।