coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महोत्सवमा सात प्रदेशका गजलकार

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ। बुधबारदेखि राजधानीमा सुरु भएको दुई दिने महोत्सवमा सात प्रदेशका ७५ जना गजलकारले विभिन्न शीर्षकका गजलहरू सुनाएका थिए। महोत्सवमा सात प्रदेशबाट पाँच–पाँच गजलकार र काठमाडौं उपत्यकाबाट ४० जना सहभागी भएका थिए।

‘सहित्यकारहरू निराशा र कुण्ठालाई पन्छाएर सकारात्मक सोचका साथ समग्र रुपान्तरणको अभियानमा अग्रसर हुनुपर्छ। गजल सिर्जना गर्ने स्रष्टालाई क्रियाशिल गराउन महोत्सवको आयोजना गरिएको हो,’प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने। प्रतिष्ठानका पूर्व उपकुलपति वैरागी काइँलाले समाजमा व्याप्त विकृति, विसंगति विचलनभित्र निहित दार्शनिक विचार मात्रै नभएर दैनिक जीवनका भोगाइहरू गजलका विषय भएको बताए। ‘साहित्यले अव्यक्त पक्षलाई व्यक्त गर्न मद्दत गर्दछ। यसले सिंगो समाजलाई दिशानिर्देश गरेको हुन्छ,’ युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले भने।

महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’ पुस्तकको सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’, ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे कार्यपत्र प्रस्तुत हुनेछन्। त्यस्तै ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ।

प्रकाशित: १६ माघ २०७६ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App