२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटन विकासका लागि भक्तपुर महोत्सव

भक्तपुर – भक्तपुरमा आगामी चैत्र ४ देखि ८ गतेसम्म सञ्चालन हुने पाँच दिने महोत्सवका लागि एक सय ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा समितिको गठन गरिएको बताइएको छ। मंगलबार बसेको बेठकमा आयोजक समितिका संयोजक एवं नगरप्रमुख प्रजापतिले उक्त महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो नेपाली जनताको भएको बताए।

महोत्सवका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरिएको आयोजकले जानकारी दिएको छ। भक्तपुरको परम्परा एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैलीलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि महोत्वस सञ्चालन गर्न लागिएको नगरप्रमुख प्रजापतिले बताए। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन महात्वसले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।

आन्तरिक तथा वाह्य पर्यटकलाई भक्तपुर नजिकबाट चिनाउने अवसर पनि भएको प्रजापतिको बताए। नगरपालिकाले महोत्सवसँगै भ्रमण वर्षभरी भक्तपुरलाई महोत्सवमय बनाउने लक्ष्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। त्यसका लागि माघ २६ गते जिल्लास्तरी धिमेबाजा प्रतियोगिता, फागुन ८ गतेदेखि अन्तरनगर एथ्लेटिक्स खेलकुद प्रतियोगिता आयोजकको भनाइ छ।

मंगलबार बसेको बैठकले महोत्वसको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आगामी चैत ४ गते भक्तपुर दरबार क्षेत्रमा उद्घाटन गर्ने कार्यक्रम निर्धाण गरेको छ। बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले भक्तपुर नगरपालिकाको आयोजनामा हुन गइरहेको महोत्सव सफलता बनाउन सबैले सक्रियताका साथ लाग्नुपर्ने बताइन्। यहाँका पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सव उपलब्धी हुने भनाइ थियो। साँस्कृतिक सम्पदा र मौलिक उत्पादनलाई पनि महोत्सवमा समेट्न उनले सुझाव दिएकी छन्।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर महोत्सवको आयोजनाले नगरको संस्कृति, परम्परागत सीपलाई जीवन्तता दिंदै यसको प्रचारप्रसारलाई मद्दत पु¥याउने बताए। प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले महोत्सवको प्रचार प्रसारका साथै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो नगरभित्रका सम्पूर्ण व्यवसायी, सरकारी तथा गैरसरसरकारी संघसंस्था, कर्मचारी, जनप्रतिनिधिलगायत सबै नगरवासीले सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: १५ माघ २०७६ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App