६ आश्विन २०८१ आइतबार
image/svg+xml

नमस्ते शंखरापुर

साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

डा.सेन्चुरी उमेर भन्दा जवान किन ?

कोही व्यक्ति आफ्नो उमेर भन्दा जवान देखिन्छ या स्वस्थ देखिन्छ भने हाम्रो मनमा यस्तो कुरा आउँछ। त्यो व्यक्ति दैनिक के खान्छ ? के गर्छन् ? अवश्य पनि स्वस्थ रहनको लागि हरेक व्यक्तिसित कुनै फरक सूत्र हुन्छ। यस्तै फरक सूत्र छन् वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सित।

भक्तपुरमा मेलाको तयारी पूरा

शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ।

श्रीस्वस्थानी व्रत सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।

भोलिदेखि सुरू हुने श्रीस्वस्थानी व्रतकाे तयारी पूरा

शुक्रबारदेखि सुरु हुने एक महिने श्रीस्वस्थानी व्रतकथाका लागि आवश्यक सम्पूर्ण तयारी भक्तपुरमा पूरा भएको जनाएको छ। प्रत्येक वर्ष काठमाडौंको साँंखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ। यो एक महिनासम्म यहाँं पनि साँंखुमा जस्तै व्रत बस्ने महिला पुरुषहरु भेला गरी नित्य कर्म हुने गर्दछ।

वधशाला नहुँदा अस्वस्थकर मासु खान उपभोक्ता बाध्य

जिल्लामा पशु वधशाला नहुँदा यहाँका स्थानीय अस्वस्थ्यकर मासु खान बाध्य भएका छन्। जिल्ला सदरमुकाममै जथाभावी रुपमा मासु, माछा बिक्री गरिरहेको पाइएता पनि त्यस्ता अस्वस्थ्यकर मासु बिक्रेतामाथि रोक लगाउन कुनै पहल हुन सकेको छैन।

‘स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम’

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

सरुवा रोगीसँगै स्वस्थ कैदी बस्न बाध्य

देशभरका कारागारमा सरुवा रोगी र स्वस्थ कैदी एकैठाउँमा राख्दा उनीहरू पनि रोगी बन्ने गरेको पाइएको छ। रोगी र निरोगीका लागि कारागारमा छुट्टाछुट्टै व्यवस्था नहुँदा सँगै राख्नुपरेको गृह मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिमा बुधबार पेस गरेको विवरणमा उल्लेख गरेको छ। कर्मचारी समायोजन भएका कारण ५१ वटा जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी समेत कारागारमा छैनन्। यसले अर्को समस्या थपिएको मन्त्रालयले जनाएको छ।

स्वस्थ खाना, राम्रो दसैं

पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तŒव कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु-याउँछ।

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।

फेसन बन्दै आँखाको मेकअप

स्वस्थ आँखाले मानिसलाई आकर्षक बनाउँछ। आँखालाई सौन्दर्य बढाउने साधन मात्र नभएर भाव व्यक्त गर्ने साधनको रूपमा पनि लिने गरिन्छ। आँखा आकर्षणहीन छ भने सौन्दर्य पनि फिक्का हुन्छ।

रोग लागेका खसीबोका नेपाल ल्याउन दिन्नौंः मन्त्री खनाल

कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

समाज स्वस्थ बनाउने जिम्मा कसको ?

गत साता एउटा विद्यालयमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन पुगेकी थिएँ। कक्षा ३ देखि ५ सम्मका नानीहरू सहभागी उक्त कविता प्रतियोगितामा विभिन्न कविता प्रस्तुत भए, तीमध्ये प्रायः कवितामा ती नानीका आफ्नै भावना होइन, आयोजक विद्यालयका साहित्य रचना विभाग हेर्ने एकजना शिक्षकको जोडदार प्रभाव झल्किन्थ्यो। किनकि प्रस्तुत रचनाहरूमा त्यस्ता शब्द थिए, जसले दलका नेता तथा विभिन्न निकायलाई खुइल्याउने खालका थिए। त्यो तहसम्मको सोचाइ बाल मस्तिष्कमा आउन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्