६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भोलिदेखि सुरू हुने श्रीस्वस्थानी व्रतकाे तयारी पूरा

भक्तपुर- शुक्रबारदेखि सुरु हुने एक महिने श्रीस्वस्थानी व्रतकथाका लागि आवश्यक सम्पूर्ण तयारी भक्तपुरमा पूरा भएको जनाएको छ। प्रत्येक वर्ष काठमाडौंको साँंखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ। यो एक महिनासम्म यहाँं पनि साँंखुमा जस्तै व्रत बस्ने महिला पुरुषहरु भेला गरी नित्य कर्म हुने गर्दछ।

व्रतका लागि हनुमानघाट खोला सफा गर्ने, व्रतका क्रममा दैनिक स्नान गर्न खोलमा खाल्डो बनाएर सफा पानी राख्नेलगायतका तयार पूरा भएको हो। साथै व्रतभर महिलाहरु बस्ने ठाउँंको बन्दोबस्त गरिएको छ।

स्थानीय माधव नारायण ब्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धब खाइतूले स्थानीय भक्तालुहरुले एक हप्तादेखि श्रमदान गरी यो काम पूरा गरेको बताए। खोलामा दुर्गन्ध भई पानी नबग्ने भएकोले त्यहाँंको फोहोर फालेर सफा पानी बस्ने खाल्डो बनाइएको उनले बताए।

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने व्रत बस्ने चलन छ। आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको व्रत बस्ने गर्दछन्। यो ब्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ।
किम्वदन्ती अनुसार सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ। व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापूर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन रहिआएको छ।

यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ। श्रीस्वस्थानीको व्रतकालमा भक्तपुरको हनुमानघाटबाहेक काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ।

यसरी एक महिनासम्म नित्य पूजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ। संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ।

 

प्रकाशित: २४ पुस २०७६ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App