जनमत पार्टी निकट विद्यार्थी सङ्गठन विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा पोषणकुमार यादव मनोनीत भएका छन् ।
आइतबार (आज) बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई संयोजकमा मनोनीत गरेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलद्वारा जारी विज्ञप्तिअनुसार यादवको कार्यकाल आजैको मितिदेखि सुरु भएको छ । विज्ञप्तिमा यादवको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ ।
प्रकाशित: ७ पुस २०८१ २०:३२ आइतबार