१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम’

फाइल तस्बिर

वासिङ्टन – स्वस्थ दूध पिउने बालबालिका बोसोयुक्त अर्थात् चिल्लो पदार्थ बढी भएको दूध पिउनेको तुलनामा बढी वजन र मोटोपनको सम्भावना कम हुने हालै सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ।  हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

‘सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ, टोरन्टो’को नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित गरिएको छ। चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाको तुलनामा स्वस्थ दूध पिउने बच्चामा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्ययन प्रतिवेदन सात फरकफरक देशका २८ वटा अध्ययनको विष्लेषण गरी तयार पारिएको जनाइएको छ। प्रतिवेदनमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो। ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो। जसमध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए।


अध्ययनको नेतृत्व गरेका डाक्टर जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताएका छन्। हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

प्रकाशित: १८ पुस २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App