६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ।

व्रत संस्कार र स्वस्थ मुटु

हिन्दु, संसारको सबैभन्दा पुरानो धर्म हो। शाकाहारी भोजन र व्रत हिन्दु धर्मका अवयव हुन्। ऋषिमुनिहरू जंगलका कन्दमूल खाएर हजाराँै वर्ष बाँचेका कुरा धर्मग्रन्थमा उल्लेख छन्। तर आधुनिक औषधि विज्ञानले यो कुरा पत्याउँदैन। मांसाहारभन्दा शाकाहारले मानिसलाई दीर्घजीवी बनाएको खँदिला तथ्य सार्वजनिक भएका छन्। सादगी भोजन गर्ने मानिस अन्यभन्दा बढी स्वस्थ देखिएका छन्।

अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरेर अनिवार्य अवकाश दिइने

सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ।

डिमेन्सियाको जोखिम घटाउन व्यायाम र स्वस्थ भोजन

डिमेन्सियाको कुनै प्रभावकारी उपचार छैन । विश्वभर ५० करोड मानिस डिमेन्सियाबाट प्रभावित छन् । तर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा अपनाइने विशेष हेरचाहले डिमेन्सियाको जोखिम घटाउन सकिने जनाएको छ । यस्तो जनाउँदै विश्व स्वास्थ्य संगठनले डिमेन्सियाबारे अघिल्लो साता निर्देशिका जारी गरेको छ । विश्व स्वास्थ्य संगठनको जारी गरेको यो पहिलो निर्देशिका पनि हो ।

जो नेपाली नोट र स्वस्थानी ब्रतकथाका डिजाइनर थिए

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउाथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो।

खुसी जीवनका तीन गुण

जीवनभर खुसी रहन संघर्ष गर्ने मानिसलाई जम्मा तीन गुण आवश्यक पर्छ। यी गुणहरूलाई जीवनमा अपनाएर पूर्णताका साथ जिउन सकिन्छ भने योभन्दा सरल उपाय अरू के होला र ?

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

शाली नदीमा स्वस्थानी ब्रतको साङ्गे

कीर्तिपुरकी पवित्रा पन्थी स्वस्थानी ब्रतको अन्तिम दिन मंगलबार साँखुको साली नदीमा पूजा गर्दैथिइन्। मेला लागेपछि पनि उनी त्यहाँ गएकी थिइन्। उनले ब्रतको अन्तिम दिन भएकोले नुहाउन र पूजा गर्न आएको सुनाइन्। ‘मेला लागेपछि पनि आएको थिएँ। आज ब्रतको अन्तिम दिन फेरि पनि देवीदेवतालाई पूजा गर्न र नुहाउन आएको हुँ’, उनले भनिन्, ‘साता अघिको मेलाभन्दा आज धेरै रमाइलो भयो।

व्रतमा एक महिना गुडुल्की

भक्तपुरका एक हुल व्रतालु पुरुष एक महिनासम्म दैनिक गुडुल्किएका छन् । नांगो खुट्टामा लुगा फुकालेर धोती मात्र लगाई उनीहरू बिहानबिहान दैनिक गुडुल्किएर फरकफरक देवस्थलमा पुगेका हुन् । एक महिने श्री स्वस्थानी व्रतका क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका उनीहरूले परम्परा अनुसार गुडुल्किएरै उनीहरूले सोमबार भक्तपुर नगर परिक्रमा गरेका छन् । यसो गर्दा इच्छाएको कुरा पूरा हुने विश्वाससमा उनीहरू यस्तो कार्यमा सहभागी भएका हुन् ।

पोस्टमार्टममा कठिनाइ

लघु जलविद्युत् आयोजनाको नहरमा डुबेर माघ १३ गते ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का नरबहादुर राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइयो।

स्वस्थानी स्पष्टीकरण

१७ जनवरी २०१९ को दिनदेखि सामाजिक सञ्जालमा इसाई समुदायबाट पैसा लिई श्रीस्वस्थानी व्रतकथाद्वारा इसाई धर्मको प्रचार गरेको भनी ममाथि आक्षेप लगाई एउटा अभियान चलाइएको थियो। अब म पुस्तकमा दिइएका नयाँ टिप्पणीहरूको केही अंश यहाँ प्रस्तुत गर्छु:

साँखुमा स्वस्थानीको रौनक

मोरङ सुन्दरहरैंचाकी संगीता बुढाथोकी (३५) स्वस्थानी व्रत बस्न पोर्चुगलबाट नेपाल आएकी छन्। यो व्रत बस्दा घरपरिवारमा शान्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास उनलाई छ।

आजदेखि श्रीस्वस्थानी व्रत सुरु

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि (सोमबार) सुरु भएकाे छ।

जाडोमा कसरी स्वस्थ रहने?

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्