१९ आश्विन २०८१ शनिबार
image/svg+xml

साफ च्याम्पियसिपको लागि यु–१९ छनोट शुरु

कास्की जिल्ला फुटबल संघले यु–१९ छनोट प्रक्रिया शुरु गरेको छ। अखिल नेपाल फुटबल संघको निर्देशन अनुसार कास्कीले विहीबारदेखि यु–१९ खेलाडी छनोट प्रक्रिया शुरु गरेको हो।

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो।

क्रिकेटमा अर्थपूर्ण उपलब्धि

उमेर समूहका हरेक खेलकुदमा नेपालले सफलता चुम्ने गरेको छ। नेपाल उमेर समूहमा अब्बल छ भन्ने प्रमाण नेपाली यु १९ टोलीले आइसिसी यु १९ विश्वकपमा स्थान बनाएर दिएको छ।

यु–१९ क्रिकेट टोली प्रशिक्षणमा व्यस्त

यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ मा सिंगापुरसँग खेल्ने छ। एशिया क्षेत्रबाट क्वालिफाइड हुँदै यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ।

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।

यु–१९ राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको लागि बैतडीको टिम घोषणा

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ।

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित

आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन्।

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।

खराब ब्याटिङको निरन्तरता

थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ।

नेपालको लज्जास्पद हार

बिर्सनलायक ब्याटिङ प्रदर्शनका कारण नेपालले मलेलियामा जारी आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा लज्जापूर्ण हार बेहोरेको छ।

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।

विद्या भूषण पहिलो पटक फाइनलमा

नेपालको यु–१९ टोलीका उपकप्तान शेर मल्ल र वीरेन्द्र नाथको ९६ रनको आक्रामक इनिङको मद्दतमा विद्या भूषण स्कुलले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ।

‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको हो। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेका थिए।

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्