coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

वागमती प्रदेशमाथि ७ विकेटको जित निकालेको सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ।  मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।  

वागमती प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। समान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेल्दा गजेन्द्र बोहोरा १९रनमा अविजित रहे। यसअघि ओपनर दीपक बोहोराले १७ रनको व्यक्तिगत स्कोर बनाउँदा अर्का दीपक बोहोराले १० रनको पारी खेले। यस्तै मिलन बोहोराले ३३ रन जोड्दा ९ रन अतिरिक्त रन पाएको थियो। बलिङतर्फ वागमतीका रोशन विकले २ विकेट हात पारे भने प्रतिक श्रेष्ठको नाममा एक विकेट रह्यो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वागमतीले २८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १सय २४ रनको योगफल बनाएको थियो। आकाश चन्दले ह्याट्रिक गरेका खेलमा प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा ओपनर सक्षम बस्ताकोटीले ३३ रनको्योगदान गरेका थिए। रोशन बिक २६ रनमा नटआउट रहे भने अन्य सात ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किएका थिए। वागमतीको इनिङलाई रोक्न आशास चन्दले ह्याट्रिकसहित ४ विकेट निकाल्दा हेमन्त धामीले ३, नरेन साउदले २ तथा युवराज खत्रीले १ विकेट आफ्नो नाममा लेखाए। लिग चरणका सबै खेलमा स्पष्ट जित निकालेर फाइनलमा स्थान बनाएको सुदूरपश्चिम प्रदेश १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। उता पराजित वागमतीले ६ खेलमा ८ अंक जोडेको छ। वागमती तालिकाको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको लुम्बिनी प्रदेशको समान अंक भएपनि नेट रन रेटको आधारमा देस्रो स्थानमा छ। अब लुम्बिनीले शनिवार हुने खेलमा मधेस प्रदेशलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ भने झिनो अन्तरले पराजित हुँदा पनि अघिल्लो चरण प्रवेश गर्नेछ। जारी प्रतियोगितामा एक खेलमा पनि जित निकाल्न नसकेको मधेस प्रदेशसँग फराकिलो अन्तरले पराजित गरेको अवस्थामा वागमतीको फाइनल प्रवेश सम्भावना रहन्छ।

यस्तै कीर्तिपुर मैदानमा सम्पन्न अर्को खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै मधेस प्रदेशले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ। मधेसले आफ्नो पाचौं खेलमा सुखद् नतिजा निकालेको हो। गण्डकीले दिएको २ सय १४ रनको लक्ष्य मधेसले निर्धारित ५० ओभर सकिन ९ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेटायो। पहिलो जित निकाल्ने क्रममा मधेस प्रदेशका ओपनर मयन यादवले ४९ रनको व्यक्तिगत स्कोर बनाउँदा मेघराज रामले ४३, इमरान शेखले २७, अलि अनसारीले ३२, सर्फराज मनसुरीले २१ रन जोडे। दाब्लु मलिक २१ तथा कप्तान अभिषेक तिवारी १३ रनमा अविजित रहे। मधेसको पाँच विकेट निकाकल्दा पाँच बलरले एक एक विकेट आफ्नो नाममा लेखाए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो। ओपनर गोविन्द बिकले अर्धशतकीय पारी खेले। ८४ बलको सामना गरेका गोविन्दले ४ चौकाको सहयोगमा ५३ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमाल ११ रनमा पवेलियन फर्किएका थिए। यस्तै सुजन गौतमले ३० रन जोड्दा, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। गण्डकीको सबै विकेट लिने क्रममा मधेसका अविजित मण्डल, नितिश यादव र अभिषेक तिवारीले समान २/२ विकेट हात पार्दा सिमन रोयले सर्वाधिक ३ तथा निकेश गुप्ताले १ विकेट निकाले। यससँगै गण्डकीले ६ खेलबाट पाँचौ हार भोगेको छ। दुवै टोली

प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगितामा शनिबार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १६ मंसिर २०७९ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App