२७ पुस २०८१ शनिबार
image/svg+xml

एनसेलको ननस्टप युट्युब अफर

एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन ।

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड ५६ लाख, पुँजीगत लाभकर विवादको अन्त्य

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप १४ अर्ब ३३ करोड ५६ लाख पुँजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ लाख ५२ हजार ४६ रुयैयाँ बुझाएको हो।

सरकारको कोरोना रोकथाम कोषमा एनसेलको १० करोड सहयोग

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड सहयोग गरेको छ।

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ योजना

नेपाली युवाहरुलाई लक्षित गरेर एनसेलले नयाँ सिम योजना ल्याएको छ। एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ घोषणा गरेको छ। यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन्। पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामाम्युजिकप्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने एनसेलले जनाएको छ। ग्राहकहरूले करसहितमात्र रु। ९९ मा यो सिम लिन सक्नेछन्।

एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डाटा बोनस

नसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने २ रुपैयँँ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्नेछ।

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर

टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ।

एनसेलकाे स्वास्थ्य र युनिसेफसँग सहकार्य

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ।

एनसेललाई चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन पत्राचार

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन्।

एनसेल टावरमा आगजनी

षडानन्दन गरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ मुलपानी र वडा नम्वर ८ तुगेछको सिमानामा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

एनसेल टावरमा बम विष्फोट

जिल्लाको देउमाई नगरपालिकास्थित जितपुरमा रहेको निजी मोबाइल कम्पनी एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ।

एनसेल टावरमा आगजनी

गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

एनसेलले साढे चार अर्ब बुझायो

एनसेलले सरकारलाई साढे चार अर्ब रुपैयाँ बुझाएको छ। लामो समयदेखिको कर विवाद सर्वोच्च अदालतको फैसलाले टुंगो लगाएपछि एनसेलले पुँजीगत लाभकरबापतको चार अर्ब ५० करोड रुपैयाँ बुझाएको हो।

एनसेलको मुद्दा पुनरावलोकन नहुने

सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ। सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले रजिष्ट्रारको आदेश सदर गरेको छ।

लिलामीको फ्रिक्वेन्सी पौने ६ करोडमा एनसेललाई

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले लिलामी गरेको फ्रिक्वेन्सी पौने ६ करोड रुपैयाँमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालिले पाएको छ। प्राधिकरणले गतवर्ष पुसमा सार्वजनिक सूचनामार्फत ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम गरेको थियो। सोमध्ये१८०० मेगाहर्जको बाँकी फ्रिक्वेन्सी एनसेलले पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्