१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड ५६ लाख, पुँजीगत लाभकर विवादको अन्त्य

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप १४ अर्ब ३३ करोड ५६ लाख पुँजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ लाख ५२ हजार ४६ रुयैयाँ बुझाएको हो।

यो सँगै उसले तिर्नुपर्ने कर चुक्ता भएको छ। एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ।

यस अघि एनसेलले पुस १५ गते चार अर्ब पचास कोरोड, चैत १८ मा चार अर्व ६० करोड कर बुझाएको थियो। यो चुक्तासँगै २०७६ चैत २९ देखि यो प्रकरण अन्त्य भएको ठूला करदाता कार्यालयले बताएको छ।

 

प्रकाशित: ३० चैत्र २०७६ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App