११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डाटा बोनस

काठमाडौं- एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने २ रुपैयँँ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्नेछ।

मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहक लक्षित यो अफर आइतबार ९फागुन २५० बाट सञ्चालनमा आउँदैछ। यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जानेछ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डाटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डाटा पाउँदै जानेछन्। ग्राहकले आफ्नो ब्यालेन्स रुपैयाँ २, ५, १०, २०, ३० वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त हुँदै जानेछ।

यसरी प्राप्त हुने डाटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि हुनेछ। ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरे वापत २०÷२० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन्।

यदि ग्राहकले २ रुपैयाँ मेनब्यालेन्स डाटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डाटा बोनस पाउँनेछन्। यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ६९ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेनब्यालेन्सको १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डाटा पाउनेछन्।     

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ। यसको मतलब ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डाटामा खर्च गर्दछन् त्यसकै हिसाबको आधारमा बोनस पाउने छन्।

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डाटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि डाटा प्याक लिनु उत्तम उपाय भएपनि यो योजना डाटा प्याक नलिई पे एज यु गोमार्फत सेवाप्रयोग गर्ने ग्राहकहरुका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको छ।  

प्रकाशित: २५ फाल्गुन २०७६ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App