२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाईते

विद्यार्थी लिन गाउँ गएको उक्त बस विद्यार्थी लिएर फर्कदै गर्दा तुलसीपुर १५ सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिएका छन् ।

कांग्रेसको ‘गुट बिजारोपण’ : सक्रिय सदस्यतामै ‘अनिवार्य’ भागबण्डा

घोराही उपमहानगरपालिकाको एक वडामा बुधबार बल्ल सदस्यता संख्या टुंगो लाग्यो । बुधबार वडा तहका एक नेताले आफ्नो भागमा ५० जना परेको सुनाए । वडाका सभापति, उपसभापति सहित ति नेताले सकृय सदस्यता संख्या भागबण्डा गरेर टुंग्याए ।

कांग्रेसभित्र मौलाएको ‘अनुशासन हिनता’ : आफ्नालाई आफ्नैले हराउँछन्

घोराही उद्योग बाणिज्य संघमा जस्तै कांग्रेस भित्रको ‘अनुशासन हिनता’ शनिबार भएको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा पनि छरपष्टै भयो । कांग्रेसले तोकेको चुनावी कमाण्डर तथा कांग्रेसका पुराना नेता केशव आचार्य भन्छन् ‘कांग्रेस भित्र अनुशासन भन्ने ठाउँ त अब कतै देखिएन ।’

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।

भालुबाङको भाग्य चम्कियाे

लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

दुई तिहाइले टुंगीयो नाम र राजधानी

प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।

राजधानी धान्न देउखुरीमा पूर्वाधार के छ ?

राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ।

पटकपटक प्रस्तावित राजधानी ‘दाङ’

२०५७ सालमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले तत्कालीन संसद्मा बोल्दै दाङलाई केन्द्रीय राजधानीका रूपमा प्रस्ताव गरे ।

प्रदेशसभालाई चारैतिरबाट सुरक्षाकर्मीको घेरा, आन्दोलनकारी सडकमा नाराबाजी गर्दै

स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावविरुद्ध बुटवलमा आज विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ। सरकारले १६ गते प्रदेशसभामा पेश गरेको राजधानी र नामाकरण प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने गरि कार्यसूची तय गरेको छ।

तीनदिनभित्र नाम र राजधानीको टुंग्याउने तयारी

गत शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको ‘नाम लुम्बिनी र राजधानी दाङको देउखुरी’ राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए।

नाम लुम्बिनी, दाङ राजधानी

मन्त्रिपरिषद्को निर्णय गुपचुप राखेर प्रदेशसभामा एक्कासि नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस भएपछि कांग्रेसले आपत्ति जनाएको छ । दिउँसो १ बजे प्रेदशसभा बैठक सुरु हुनुअघि प्रदेशसभा भवनसहित बुटवल नगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सबैलाई ‘पायक’

प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रस्ताव पारित भएमा प्रदेश ५ का सबै जिल्लालाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बन्नेछ।

दाङका १० नाकामा सुरक्षाचौकी

दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ। नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।

दाङमा प्रदेश एक्स्पो हुँदै

पाँच नम्बर प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङमा ‘प्रदेश एक्स्पो’ गर्ने भएको छ। प्रदेश सरकारको स्थापना दिवस फागुन ३ मा हो। फागुन २ गतेदेखि स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको प्रदेश सरकारले १० फागुनदेखि १२ गतेसम्म दाङमा प्रदेश एक्स्पो गर्ने जनाएको हो।

दाङमा एक वर्षमा ७९ जना बलात्कृत, ४२ बालिका मात्रै

जिल्लामा पछिल्लो एक वर्षमा ७९ जनामाथि बलात्कार भएको छ। ६९ वटा बलात्कार घटनामा ७९ जना पीडित भएको एक तथ्यांकले देखाएको छ। ७९ जनामध्ये सबै भन्दा बढि बालिका बलात्कृत भएका छन्। ७९ मध्य ४२ जना बालिका बलात्कृत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्